सहकारीबाट समाजवाद आउँछ : सचिव मैनाली


काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारीबाटै समाजवाद स्थापना गर्न सकिने बताएका छन्।केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रको आयोजनाम तथा नेपाल सहकारी पत्रकार समाज९सिजेएन०को सहआयोजनामा भएको सहकारी ‘सहकारी सञ्चारकर्मीहरुको अनुशिक्षण तालिम’ का उद्घाटनका अवसरमा बोल्दै सचिव मैनालीले संविधानले आत्मासात गरेको समाजवाद सहकारीका माध्यमबाटै संभव भएकाले सहकारीले उत्पादनमा विशेष जोड दिनुपर्ने बताउनुभयाे।

स्वनिर्भर अर्थतन्त्र निर्माण गर्नका लागि सहकारीको योगदान उल्लेख्य हुनुपर्ने उनको भनाई थियो। संघीय, प्रदेश र स्थानीय तहले सहकारीको अवधारणामा एपरुपता ल्याउनु आवश्यक भएको उनले बताए। ‘मन्त्रालयले बनाएको नमूना ऐन तथा स्थानीय तहसम्बन्धी दिग्दर्शनका आधारमा स्थानीय तहले कानुन निर्माण गर्न सक्छन्’ उहाँले भन्नुभयाे ।

सचिव मैनालीले आर्थिक गणनापश्चात कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदानको वास्तविक तथ्यांक आउने बताउनुभयाे। सरकारले १४ औं योजनामा ५ दशमलव ९ प्रतिशत योगदान दिने उल्लेख गरिएपनि अधिकांश सहकारी उत्पादनभन्दा बचतमै केन्द्रीत भएकोमा दुःख व्यक्त गर्नुभयाे। स्थानीय तह र सहकारीको साझेदारीबाट नै देशले दुर्तगतिमा आर्थिक विकास गर्न सक्ने उनले विश्वास व्यक्त गर्नुभयाे।

कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीले सहकारी र सञ्चारको सहकार्य आवश्यक भएको बताए। सहकारीले सञ्चारमाध्यममा प्रयाप्तमात्रामा स्थान पाइनरहेको अवस्थामा तालिम उपयोगी हुन सक्ने उहाँले बताउनुभयाे ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न