मध्यविन्दु नगरपालिकाले सहकारीमार्फत कार्यक्रम सञ्चालन गर्ने


परासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाले आफ्ना हरेक गतिविधि सहकारीमार्फत अघि बढाउने भएको छ । सहकारीमार्फत आफ्ना हरेक गतिविधि अघि बढाएर नगरपालिकाको विकास दुर्तगतिमा गर्ने योजना बनाएको छ ।
‘सहकारी नमुना गाउँ’ बनाउने योजनासहितको कार्यक्रम अघि बढाएर नगरपालिकाले आफ्ना कार्यक्रम सार्वजनिक गरेको हो ।

नमुना गाउँका लागि वडा नं.१४ स्थित राईकोटे बस्ती छनोट गरिएको छ । राईकोट वस्तीमा सहकारीमार्फ हरेक गतिविधि अघि बढाइने उनले जानकारी दिए ।े प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाइँले सहकारीमार्फत उनीहरूको सामाजिक रूपान्तरण र आर्थिक समृद्धि गर्नुपर्छ भन्ने सोचले नमुना गाउँ कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो ।

सहकारीमार्फत समुदायको जीवनस्तर र मानवीय सभ्यताको विकास गर्न सहकारी नमुना गाउँको अवधारणा अघि सारिएको अधिकृत सेढाइँको भनाइ छ । त्यसका लागि सहकारी शीर्षकमा ४५ लाख र कृषि तथा पर्यटनमार्फत आर्थिक समृद्धि गर्न ५५ लाख रुपैयाँ गरी एक करोड रुपैयाँ छुट्ट्याएर कार्यक्रम सुरु गरिएको हो । मगर समुदाय बसोबास गर्ने बस्तीमा ३९ घरधुरी छन् । चेतनाबाट टाढा रहेका सो बस्तीमा बसोबास गर्ने समुदायले बस्ने घरमै वस्तुको गोठ, पक्षीको खोर राख्ने गरेका छन् । बस्तीमा पहिला चेतनामूलक कार्यक्रमसहित पशुपालन र गोठ सुधार कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए ।

बस्तीमा बसोबास गर्ने समुदाय विद्युत्, खानेपानी, सडक स्वास्थ्य, शिक्षाको पहुँचबाट टाढा छन् । कार्यक्रममा ती सेवा–सुविधाको पहुँच पु¥याइने गरी योजना बनाइएको छ । सडक सुविधा पु¥याउन नगरपालिकाले २० लाख रुपैयाँ छुट्ट्याएको छ । सडक सञ्जालले प्रदेश ५ मा पर्ने पाल्पा जिल्लाको निस्डिया गाउँपालिकालाई जोड्ने गरी ट्र्याक खोल्ने काम सुरु भएको सेढाइँले बताउनुभयो ।

सहकारीमार्फत सुविधा लिन एक परिवार एक सहकारीमा आबद्ध हुनुपर्ने नगरपालिकाको सर्त छ । सहकारीमार्फत समुदायको जीविकोपार्जनमा सुधार गर्न नगर क्षेत्रका सहकारी सञ्जाल बनाइएको छ । ‘मध्यबिन्दु नगर सहकारी सञ्जाल’ गठन गरेर कार्यक्रम अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत सेढाइँले बताउनुभयो ।। नगर क्षेत्रमा ४३ सहकारी छन् । कृषि सहकारी र बचत तथा ऋण सहकारीमार्फत समुदायले गर्न चाहेको सीपमूलक कार्यक्रमसहित अन्य जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरिनेछ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको