मिलिजुली र च्याँसे भगवती सहकारी एकीकरण


दोलखा । भीमेश्वर नगरपालिका वडा नम्वर ६ मा अवस्थित मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि र च्याँसे भगवती बचत तथा ऋण सहकारी संस्था लि बिच एकीकरणको सम्झौता भएको छ । एकीकरणपछिको संस्थाको नाम मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि हुनेछ । दुई संस्था एकीकरणका लागि मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि को तर्फबट संस्थाको अध्यक्ष, एकीकरण कार्यदल र कर्मचारी तथा च्याँसे भगवती बचत तथा ऋण सहकारी संस्था लि को तर्फबट सञ्चालक समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष र सञ्चालक सदस्यहरुबीच संयुक्त बैठक बसी एकीकरण प्रक्रिया अगाडि बढाउने निर्णय तथा प्रारम्भीक सम्झौता भएको हो।

 

एकीकरणका लागि लागि आवश्यक पर्ने सर्त तथा कार्यविधि र अवधारणा पत्रको ड्राफ्ट तयार पार्नको लागि मिलिजुली वचत तथा ऋण सहकारी संस्था लिका प्रमुख कार्यकारी अधिकृत एवं मिलिजुली बचत तथा ऋण सहकारी संस्थाको एकीकरण कार्यदलका सदस्य ईश्वर न्यौपानेलाई जिम्मेवारी तोकीएको छ ।

 

उक्त ड्राफ्ट माथि छलफल गरी निश्कर्षमा पुग्नको लागि ५ सदस्यीय संयुक्त कार्यदल गठन गरीएको छ । एकीकरण कार्य सहकारी ऐन २०७४, परिच्छेद १५ को दफा ८७ अनुसार अगाडि बढी अन्तिम रुप लिने छ ।

 

एकीकरणपश्चात संस्थागत क्षमता बृद्धि हुने, शेयर सदस्य, बालबचतकर्ता, सम्भावित शेयर सदस्य तथा बालबचतकर्ताहरुलाई थप सेवा प्रदान गर्न सहज हुने, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफ्स्कुन) को एकीकरण अभियानलाई सहयोग पुग्ने, सहकारी ऐन २०७४ को परिच्छेद ५ को दफा ३२ अनुसार एक सदस्य एक सहकारी भन्ने मर्म अनुसार अगाडि बढ्न सजिलो हुने न्यौपानेले जानकारी दिए ।

 

 

मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिले एकीकरण प्रक्रियालाई निरन्तरता दिने जनाएको छ । यसै अनुरुप सहकारी ऐन २०७४ अनुसार एकीकरण गर्न मिल्ने सहकारी संस्थाहरुलाई एकीकरणको लागि छलफलमा आई निष्कर्षमा पुग्नको लागि प्रस्ताव गरिएको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न