दुध उत्पादन बढाउन अनुदान


हेटौडा । मकवानपुरका ३१ वटा दुग्ध उत्पादक सहकारी संस्थाले ७२ लाख ५९ हजार १८ रुपैयाँ अनुदान प्राप्त गर्ने भएको छन् । गतवर्ष जिल्लाका १९ सहकारीले उक्त अनुदान प्राप्त गरेका थिए ।

 

प्रतिलिटर करिब ९० पैसाका दरले अनुदान पाउँदै आएको उनको भनाइ छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघको तथ्यांकलाई आधार मानेर सरकारले अनुदान दिने गरेको छ । सरकारले दिने आनुदान सिधै किसानले प्राप्त गर्नेछन् ।

 

जिल्ला दुग्ध उत्पादक सहकारी संघको तथ्यांकअनुसार यस वर्ष सबैभन्दा बढी अनुदान मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड गढी गाउँपालिका–३ ले प्राप्त गरेको छ । मनकामनाले करिब ६ लाख ८९ हजार १७ रुपैयाँ अनुदान प्राप्त गर्ने सहकारीको तथ्यांक छ ।

 

यस वर्ष नारायणी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड हेटौंडा–६, हात्तीलेटले करिब ६ लाख ६३ हजार रुपैयाँ, उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड गढी गाउँपालिका–५ भालुखोलाले पाँच लाख ४५ हजार रुपैयाँ, वनदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड हेटौंडा–७ नागसोतीले तीन लाख ७० हजार पाँच सय रुपैयाँ प्राप्त गर्ने भएका छन् ।

 

मकवानपुरमा दैनिक करिब २५ हजार लिटर दूध उत्पादन हुन्छ । जिल्लामा ५५ वटा दुग्ध उत्पादक सहकारी संस्था दूधको कारोबार गर्दै आएको छ । जिल्लामा खपत गरेर बाँकी रहेको दूध चितवन, पोखरा र काठमाडौंसम्म बिक्रीका लागि पठाइने गरेको छ ।

 

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम