सहकारीमार्फत समुन्नत प्रदेश निर्माण गर्छाै : मन्त्री कार्की


झापा, १७ बैशाख । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश नं। १ लाई आर्थिक रुपमा सम्पन्न र सामाजिक रुपमा समुन्नत बनाउनका लागि सहकारी अभियानलाई प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आइतवार झापाको दमकमा आयोजना गरेको सदस्य संघ संस्थाहरुबीचको अन्तरक्रिया तथा सदस्य संस्था सम्मान कार्यक्रमको उद्घाटन पछि बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

सहकारी क्षेत्रमा श्रम गर्ने जनशक्ति, पूँजि परिचालनको तरिका र प्रविधिको ज्ञान समेत भएकाले प्रदेश नंं १ को समृद्धिका लागि सहकारी उत्तम र प्रभावकारी विकल्प भएकोले सहकारीको प्रवद्र्धन गरिने बताउनु भयो ।

सहकारीहरुको बैंकका रुपमा रहेको सहकारी बैंकले सबै सहकारीहरुलाई वित्तीय सहित व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्दै उहाँले राज्यका तर्फबाट गरिवी निवारणमा गरिने लगानी सहकारी बैंकमार्फत लक्षित वर्गमा पु¥याउनका लागि पहलकमदी गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले सहकारीहरुले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सहकारी क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गरेर अगाडि बढाउनु पर्ने बताउनुभयो ।

उहाँले नगरपालिका क्षेत्रभित्रका सहकारीहरुलाई सहकारीको मूल्य मान्यता र सिद्धान्तको पूर्ण पालना गर्न आग्रह गर्दै नियम विपरित चल्ने सहकारीहरुलाई कार्वाहीको दायरामा ल्याउने बताउनु भयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेल, राष्ट्रिय सहकारी महासंघका सञ्चालक शिवकुमार डाँगी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, कृषि केन्द्रीय सहकारी संघका सञ्चालक मिना ढकाल, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, सञ्चालक प्रेम कोइराला, जिल्ला वचत तथा ऋण सहकारी संघको उपाध्यक्ष तुलाराम न्यौपाने लगायतले सहकारी क्षेत्रलाई प्रभावकारी रुपमा अगाडि बढाउन सकेमा राज्यले लिएको समृद्ध नेपाल बनाउने अभियान सफल हुने बताउनु भएको थियो ।

कार्यक्रम राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक केबी उप्रेतीको अध्यक्षता, सहायक प्रवन्धक मोहन कार्कीको सञ्चालन र दमक शाखाका प्रमुख विवेक डाँगीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बैंकको परिचय, वर्तमान अवस्था र आगामी योजना सहितको प्रस्तुती बैंकका सञ्चालक सरिता भट्टराईले प्रस्तुत गर्नु भएको थियो ।

मेची र नवदुर्गा सहकारीलाई सम्मान

सोही अवसरमा बैंकमा उत्कृष्ट कारोबार गर्ने सहकारी संस्थाहरुलाई सम्मान गरिएको थियो । आर्थिक वर्ष २०७३/०७४ मा दमक शाखामा उत्कृष्ट कारोबार गर्ने मेची सहकारी संस्था र नियमित कारोबार गर्ने नवदुर्गा बहुद्देश्यीय सहकारी संस्थालाई प्रमुख अतिथि मन्त्री काकीले सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा झापाको माइखोला पश्चिममा क्रियाशिल १ सय २५ भन्दा बढी सहकारी संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न