साकोस सुपरीवेक्षण अभिमुखीकरण


काठमाडौं । नेफ्स्कुन फिल्ड कार्यालय कलंकीको आयोजनामा तथा देबदर्शन बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापन सहयोगमा थानकोटमा जोखिममा आधारित साकोस सुपरिबेक्षण तथा अनुगमन अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

 

कार्यक्रममा संघका अध्यक्ष डीबी बस्नेत, महासचिव चन्द्र प्रसाद ढकाल, लेखा समितिका सदस्य विपिन शर्मा र सर्लाही जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बाबुराम घिमिरेको उपस्थिति रहेको थियो ।

 

संघका संचालक एवं कलंकी फिल्ड व्यवस्थापन उपसमिति संयोजक दिपक पनेरुको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा फिल्ड व्यवस्थापन उपसमिति सदस्य नारायण कृष्ण महर्जन, जित बहादुर लामा, केशव राज शर्मा त्यस्तै गरि चन्द्रागिरि साकोसका प्रमुख व्यवस्थापक कृष्ण कुमार श्रेष्ठ, देवदर्शन साकोसका अध्यक्ष राम नारायण घिमिरे र ग्रामिण आर्थिक साकोसका अध्यक्ष राधाकृष्ण गिरि लगायतको सहभागिता रहेको थियो ।

 

कार्यक्रममामा विभिन्न साकोसहरुबाट ४६ जना संस्था प्रमुखहरुकोे सहभागिता रहेको थियो । तालिम सहजिकरण नेफ्स्कुका तालिम अधिकृत नव कुमार अधिकारीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न