अन्योलतामा बहुउद्देश्यीय सहकारी


-पदम दाहाल-

सहकारी विकासका विभिन्न चरणमा सहकारी अभियान र आन्दोलनको उद्देश्यका सम्बन्धमा विभिन्न विचार रूप र फरकफरक चिन्तन भएको पाइन्छ । विश्वको पहिलो सहकारी संस्था गठन गर्ने पायोनियर सहकारी संस्थाका प्रवद्र्धक रोजडेलीहरूलगायत त्यसभन्दा पहिलाका केही सहकारीकर्मीहरूले समेत आफ्नो जमनमा आफै‌ श्रमको भरमा आत्मनिर्भर बन्न सक्ने समाजको निर्माण गर्ने आफ्नै बलबुताबाट नै स्वाभिमानी स्वावलम्बी समाजको स्थापना गर्नुलाई लिएका थिए र सोचेका थिए । तर समयको परिवर्तनले सहकारी क्षेत्र अझै बृहत् र बहुउद्देश्यीय रूपहरू धारण गरेको पाइन्छ ।

 

यसैबीच सहकारी अभियानको प्रभावकारिता र सफलताले उत्साहित कतिपय सहकारी अभियन्ताहरूले विश्वव्यापी सहकारी समुदायको परिकल्पना गरेर त्यस्तो समुदायको स्थापनाबाट नै अभियानको खोजी हुनुपर्दछ भन्ने धारणा राखेकाले त्यसैको उपजको रूपमा अन्तर्राष्ट्रिय सहकारी महासंघ स्थापनासँगै संसारको ठूलो हिस्सा सहकारीको माध्यमबाट आर्थिक उन्नति गर्न चाहन्छ र आर्थिक उन्नतिबिना समाजको सबलीकरण हुन सक्दैन ।

 

त्यसैले आर्थिक विकासका निमित्त मानिसहरूले व्यक्तिगत रूपमा (निजी) र सामूहिक हिसाबले कुनै न कुनै आयमूलक व्यवसाय गर्न चाहेका हुन्छन् र गर्नु पनि पर्छ । त्यसपछि आफ्ना आवश्यकता पूरा गर्न समुदायका समान उद्देश्य रहेका मानिसहरू मिलेर कस्तो व्यवसाय गर्ने भन्ने सोचका साथ छलफल गरी कुनै ठोस उद्देश्य राखेर संघसंस्था दर्ता गर्ने गर्दछन् र आफ्नो संस्थाको व्यावसायिक उद्देश्य निर्धारण गर्दछन् भने स्वभावत : सहकारी व्यवसायको पहिलो उद्देश्य र ध्येय सदस्यहरूको उच्चतम आर्थिक विकास गरी जीवनस्तर उकास्ने हुनुपर्छ भन्ने नै हो ।

 

अतः आज हाम्रो देशमा सञ्चालनमा रहेका सहकारीहरू आ–आफ्नो उद्देश्यमा कत्तिको खरो उत्रनुपर्ने खाँचो देखिएको छ त भन्दा नामअनुसारको काम र कामअनुसारको नामलाई साकार रूपमा परिणत गर्नुपर्ने अवस्था छ । सहकारी विकास बोर्डले २०७४ जेठमा प्रकाशन गरेको सहकारी संवादमा उल्लेख गरिएको सहकारीको संघसंस्थाहरूको तथ्यांकमा उल्लेख भएका संघसंस्थामध्ये प्रारम्भिक संस्था ३३ हजार पाँच सय ९९ जिल्ला संघहरू ३२५ र केन्द्रीय संघहरू २१ वटाका साथै राष्ट्रिय सहकारी महासंघ र सहकारी बैंकसमेत रहेका छन् र यस क्षेत्रले ६४ हजार मानिसलाई प्रत्यक्ष रोजगारी दिएको उक्त सहकारी संवाद पत्रिकाले जानकारी दिएको छ ।

 

त्यसमध्येमा आलेखमा चर्चा गर्न लागिएको प्रसंग हो । नेपालमा सञ्चालित बहुउद्देश्यीय सहकारी संघसंस्थाको बारे उक्त तथ्यांकले ४,०५५ वटा प्रारम्भिक बहुउद्देश्यीय सहकारी संस्था, २४ वटा जिल्ला बहुउद्देश्यीय सहकारी संघ र एउटा नेपाल बहुउद्देश्यीय केन्द्रीय यसहकारी संघसमेत सक्रिय रूपमा सञ्चालित छन् । तर हालै कार्यान्वयनमा आएको सहकारी ऐन २०७४ ले भने बहुउद्देश्यीय सहकारीका सम्बन्धमा जति प्रस्टसँग व्याख्यासहित पहिचान दिएको पाइएन । सहकारी ऐनको परिच्छेद २ को दफा ३ मा विषयगत वा बहुउद्देश्यीय सहकारी संस्था गठन गर्न सकिनेछ भने विषय भन्नाले कुनै एकल वा एक प्रकृतिको होला । तर बहुउद्देश्यीयको खास ठोस परिभाषा पनि ऐनमा किटानी आवश्यक थियो भन्ने लाग्दछ ।

 

हुन त बहुउद्देश्यीय सहकारी संस्था स्थापना गर्ने सहकारीका सदस्यहरूले आफ्नो विनियममा उल्लेख गरेको परिकल्पना, संस्थाको मूल उद्देश्य, संस्थाको उद्देश्य र कार्यसमेत प्रस्ट नपारेसम्म दर्ता नहुने हुँदा यसैबाट संस्थाले आफ्नो गर्ने सबै प्रकारका एकभन्दा बढी अथवा बहु भन्नु नै एकभन्दा बढी उद्देश्य राखेको हो र यसमा कुनै दुईमत रहँदैन होला तर माथि उल्लेखित ऐनको दफा ३ ले विषयगत र बहुउद्देश्यीय सहकारीलाई एक अर्का वा पर्यायवाची संस्थाको रूपमा चित्रण गर्न खोजिए पनि ऐनमा बहुउद्देश्यीय सहकारी सहकारी भन्नाले कहीँ कतै परिभाषित गरिएको देखिएन भने एउटा बहुउद्देश्यीय सहकारीले के कति कस्ता कार्य गर्न पाउने भन्नेबारेमा अन्योलता रहेको पाइन्छ ।

 

किन त भन्दा के बहुउद्देश्यीयले सबै काम गर्ने हो त ? विषयबिनाको उद्देश्य हुँदैन । विषय खोलेपछि एकल वा एकल प्रकृतिको भन्ने बुझिन्छ । यसैले अब आउने सहकारी नियमावलीमा सहकारी ऐनमा प्रस्ट नभएका बहुअर्थ लाग्ने र कतिपय अन्योलतामा रहेका कुराहरूलाई व्याख्यासहित प्रष्टिन आवश्यक छ । जोसुकै प्रकृतिका प्रकारका सहकारी सञ्चालन गर्न मार्ग निर्देशनको काम गर्न सकोस् । आफ्नो संस्थाको व्यावसायिक उद्देश्य वा विकास उद्देश्य, सामाजिक उद्देश्य कस्तो खालको उद्देश्य राख्ने भन्ने आफ्नो संस्थाको व्यावसायिक उद्देश्य निर्धारण गर्ने बेला संस्थापकहरूले तत्कालीन रूपमा सदस्यहरूको मुख्य व्यवसाय के हो ? मौजुदा आर्थिक सम्बन्धको ढाँचा कस्तो छ ?

 

त्यसले गर्दा सदस्यलाई कहाँनेर मर्का परेको छ ? उनीहरूको प्राथमिकता के हो ? र साथै पछिका लागि उनीहरूको व्यावसायिक विकासका सम्भावना के–के हुन सक्दछन् तथा उनीहरूले प्रतिस्पर्धात्मक लाभ कुन व्यवसायमा पाउन सक्छन् भन्ने जस्ता पक्षहरूमा विचार पु¥याउनुपर्ने हुन्छ । उद्देश्यको शब्दावली यस्तै हुनुपर्दछ भन्न नसकिएता पनि सदस्यको व्यावसायिक सम्भावना तथा तिनलाई हासिल गर्ने प्रयासमा संस्थाको भूमिकामा मुख्यमुख्य कुरा किटानी गर्न सकिएमा संस्थाहरूको परिकल्पना एवं संस्थाको जोड सबैलाई प्रष्ट हुन सक्छ ।

 

व्यावसायिक मूल उद्देश्य सदस्यको आर्थिक जीवनस्तर उठाउने, विकासको पूरक उद्देश्य, सदस्य समुदायको सामाजिक जीवनस्तर उठाउने र सामाजिक अतिरिक्त उद्देश्य गैरसदस्य समुदायमा संस्थाको छवि सम्प्रेषण गर्ने गरियो भने सहकारी संस्था स्थापना गरेको समुदायले महसुस गर्न सक्दछ र संस्थाको स्थापनाले समुदायलाई पारेको सकारात्मक प्रभाव नै सहकारीको सफलता हो । यसैले सबै सहकारी संघसंस्थाहरूले उद्देश्यअनुसार काम गरी नामअनुसारको काम र कामअनुसारको नाम हुन आवश्यक छ ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?