गाउँगाउँमा विस्तार हुँदै सहकारी


दिपायल । सहकारी गाउँगाउँमा पुग्न थालेको छ । गाउँका अधिकांश मानिस सहकारीमा आबद्व भएर आर्थिक विकासमा सरिक हुन थालेकाछन् । डोटीको बोगटान गाउँपालिका वडा नम्बर ५ धिर्कामाण्डौंमा तीन सय २४ घरघुरी रहेका छन् । प्रत्येक घरधुरीका कम्तीमा एक जना सहकारीको सेयर सदस्य बनेर जीवनस्तर सुधार गर्दै आएका छन् ।

घरमा महिला अथवा पुरुष मध्य एक जना सहकारी सेयर सदस्य बनेके भेट्टाउन सकिनछ । महिला÷पुरुष मात्र नभएर बालबालिकाहरु समेत सहकारी प्रति आकर्षित भएर बचत गर्न थालेका छन् । धिर्कामाण्डौंमा संचालन भईरहेको केदारेश्वर बचत तथा ऋण सहकारी संस्थामा अहिले करिब पाँच सय जति सेयर सदस्य रहेका छन् । उक्त सहकारीमा नियमित सेयर सदस्य अन्तर्गत तीन सय ५६ जना र बाल बचत अन्तर्गत एक सय ३८ जना बालबालिकाहरु रहेका छन् । साबिकको धिर्कामाण्डौं गाविसमा जम्मा तीन सय २४ घरधुरी रहेका छन् ।

केदारेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टेक बहादुर बोहराले संस्थाको १८ लाख शेयर पुँजी रहेको बताउनुभयो । बि.सं. २०६९ असोज १२ गते दर्ता भएको सहकारी संस्थाले पछिल्लो समयमा शेयर पुँजी बढाउँदै लगेको छ ।
‘आय आर्जन तथा सिप मूलक क्षेत्रमा लगानी लगाइरहेका छौं’, अध्यक्ष बोहराले भन्नु्भयो ‘प्रत्येक घरको कम्तीमा एक जना सहकारीमा सेयर सदस्य रहेका छन् ।’ ‘सहकारी मार्फत ७५ जनाले ऋण लिएर व्यवसाय गर्दै आएका छन् ।

पछिल्लो समयमा डोटीका गाउँहरु सहकारीमय बन्दै गएका छन् ।, केदारेश्वर जस्तै डोटीका अन्य स्थानहरुमा समेत सहकारी संस्थाहरु सक्रिय रहेका छन् । । त्यसैगरी वडा नम्बर ३ बासुदेबीमा रहेको गोदावरी बचत तथा ऋण सहकारी संस्थामा चार सय ६३ सेयर सदस्यहरु रहेका छन् ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम