स्थापना दिवसको अवसरमा मानव सेवा आश्रमलाई सहयोग


बेसीशहर । लमजुङ जिल्लामा रहेको जनकल्याण साकोसले १२ औँ स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा बुधबार जिल्लामा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेको हो ।आश्रमका लागी आवश्यक करिब १० हजार बराबरको खाध्यान् सहयोग गरेको साकोसका कार्यवाहक अध्यक्ष बेलबहादुर गुरुङले जानकारी दिनुभयो ।

उक्त आश्रमबाट हाल आश्रममा १३ जनाले आश्रय लिइरहेका छन् । संस्थाको बारेमा सचिव ताराराज घलेले तथा मानव सेवा आश्रमको बारेमा अभियान्ता प्रबेश दवाडीले जानकारी गराउनुभएको थियो।

साकोसमा हाल ९ हजार ४ सय २६ शेयर सदस्य रहेका छन् भने ६ स्थानमा सेवा केन्द्र रहेको छ । शान्तीटोलमा मुख्य कार्यालय रहेको साकोसको भुजुङ, नायु, सिँउरुङ, ङादी, रामबजार र साल्मेमा सेवा केन्द्र रहेका छन् । सस्थामा हालसम्म ५७ करोड ८२ लाख बराबरको कारोबार रहेको छ ।

विगतका दिनहरुमा संस्थाले समाजमा रहेर सामाजिक कार्यमा गरिरेको भन्दैँ सामाजिक भावनाका साथ आश्रममा सहयोग गरेको सस्थाका व्यवस्थापक झमप्रसाद गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार निशुल्क स्वास्थ्य शिविर, सरसफाई सम्बन्धी सचेतना कार्यक्तम, भुकम्प पिडितहरुलाई सहयोग गर्दै आएको छ । साकोसले यस अघि पनि आर्दश महिला तथा बालबालिका केन्द्र, सर्वेदय सेवाआश्रममा सहयोग गदैँ आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर