सहकारीका सदस्यको लघुवित्त ऋण मिनाहा


गैडाकोट । किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गैंडाकोट वडा नं ९ सूर्यनगर निवासी संस्थाका शेयर सदस्य तथा जोइनटार किसान लघुवित्त समूहका सदस्य सीता डिस्वा मगरको ऋण मिनाहा गरेको छ। मगरको यहीँ बैशाख ९ गते ३८ वर्षको उमेरमा हृदयघातका कारण निधन भएपछि उनको ऋण मिनाहा गरिएको हो ।

मगरले गत २ हप्ता अगाडि व्यापारको लागि समूहबाट १ लाख ऋण लिनुभएको थियो । सहकारीले आयोजना गरेको श्रद्धाञ्जलीसभाका अवसरमा लघुवित्त प्रमुख प्रेमप्रसाद अधिकारीले ऋण मिनाहा गर्नुभएको थियो । समूहका शेयर सदस्यको मृत्यु भएमा सो ऋण स्वतः मिनाहा हुने संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज सापकोटा (नविन) ले श्रद्धाञ्जली सभामा जानकारी गराउनु भयो ।

सो अवसरमा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दैं दिवंगत आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको थियो । १२ औं दिनको पूण्यतिथिमा संस्थाबाट कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवाली, सञ्चालक सदस्य तिलकप्रसाद पराजुली तथा अन्य समिति, कर्मचारी, शेयर सदस्य लगायत इष्टमित्र, छरछिमेकी, शुभेच्छुकहरुको उपस्थितिमा लघुवित्त संयोजक प्रेम सापकोटाद्वारा समवेदनापत्र प्रदान गर्नुभएको थियो ।

सहकारीलले गत दुई महिनादेखिलघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ । २ महिना अवधिभर ८० भन्दा बढी समूह गठन भइ ऋण लगानी गरीएको सहकारीले जनाएको छ। समूहमा कम्तीमा २० जना र बढीमा ५० जनाको हुन्छ । समूहबाट सिफारिस भइ आएका बिना धितो ऋण अधिकत्तम ३ लाखसम्म पाउने गर्छन् ।

्र


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर