उत्कृष्ट संघ बनाउने छु


शरदकुमार महर्जन
अध्यक्ष-जिल्ला बहुउद्देश्यीय सहकारी संघ ललितपुर१. जिल्ला बहुउद्देश्यीय १सहकारी संघले के गर्दै छ ?
गत माघ ६ गतेको निर्वाचनले मेरो नेतृत्वमा दोस्रो कार्यकाल चयन भएको छ । हामी जिल्ला बहुउद्देश्यीय सहकारी संघ बलियो संघको रूपमा स्थापित गर्न प्रयत्न गरेका छौं ।

 

२. संघ बलियो बन्न कस्तो रणनीति अवलम्बन गर्नुभएको छ ?
जिरो लेभलबाट सुरु गरेको संघ आफ्नै खर्चमा उभिन सक्ने भएको छ । मेरो उद्देश्य नै उत्कृष्ट बहुउद्देश्यीय संघको रूपमा स्थापित गर्ने सोच हो । ललितपुरका १२ वटा संघमध्ये दोस्रो दोस्रो पोजिसनमा हामी छौं । अब पहिलो बन्ने सोचमा छौं । संघलाई प्रविधियुक्त बनाउने, ऐनले व्यवस्था गरेअनुसार प्रकृतिअनुरूपको व्यवसायमा केन्द्रित गराउनेमा ध्यान केन्द्रित हुनेछ ।

 

३. खासमा बहुउद्देश्यीय सहकारीलाई काम गर्न चुनौती के छन् ?
समस्या धेरै थिए । कुनै समयमा संघमा आबद्वता किन भन्ने नै पुष्टि गर्न सक्ने अवस्था थिएन । तर हाम्रो कार्यकालमा नमुना काम गर्न सफल भएका छौं । विगत चार वर्षदेखि संघमा आबद्व सहकारी संस्थाले सेयर लाभांश पाउन थालेका छन् । सम्भवतः लाभांश दिने संघमा यो देशकै पहिलो संघ हुनुपर्छ । हामीले शिक्षा, तालिम, नियमित गर्दैछौं । विगतको संघले गर्न नसकेको अवस्था रहे पनि अहिले धेरै कामहरू गरेका छौं ।

 

४. तपार्इंको प्रतिस्पर्धी कोही देखिएन, यसको सन्देश के हो ?
ललितपुरमा शरदकुमार महर्जनको विरुद्वमा कोही नआउनु मेरो कामको मूल्यांकन नै हो । यतिखेर ललितपुरको सहकारी क्षेत्रमा बलियो आधार खडा गरेको अनुभूति भएको छ । अभियानमा मैले दिएको योगदानले संघमा थप कामका लागि मार्गदर्शन मिलेको छ । अबको कार्यकालमा नमुना सहकारी संघकोरूपमा स्थापित गर्ने मेरो सोच छ ।

 

५. सहकारीको प्रवद्र्वनका लागि संघहरूको भूमिका कत्तिको प्रभावकारी भएको पाउनुभएको छ ?
विगतका दिनमा संघले कम गर्न सकेनन् । तर पछिल्लो समयमा सहकारीको अभिभावक राष्ट्रिय सहकारी महासंघ राम्रो संरचनामा अघि बढेको छ । ऐनले सहकारीलाई ऊर्जा प्रदान गरेको छ । हामीले भनेजस्तो हुबहु ऐन नआए पनि नेपालको अर्थतन्त्रमा सहकारी एउटा पिलर नै हो भन्ने संविधान र सहकारी ऐनले पनि थप पुष्टि गरिसकेको छ । अब सहकारी दु्रतगतिमा अघि बढ्नुपर्छ । सहकारीले लक्ष्य पूरा गर्न सक्छ । केन्द्रीय लेभलका संघले नीतिगत कुरा दिने हो । विषयगत जिल्ला संघले आबद्व संस्थाको व्यवसाय प्रवद्र्वनमा जोड दिनुपर्छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?