डिपार्टमेन्टल स्टोर खोल्ने तयारीमा छौं


महाशंकर रेग्मी
प्रबन्ध सञ्चालक मेगाड्रिम बहुउद्देश्यीय सहकारी संस्था

मेगाड्रिम बहुउद्देश्यीय सहकारी २०६७ माघ ११ गते स्थापना भएको हो । डिभिजन सहकारी कार्यालय काठमाडौंमा ३६०९ दर्ता नम्बर रहेको संस्था स्थापना हुँदा २९ जना सदस्य रहेका थिए । अहिले १ हजार ८ सय ४३ जना सदस्य पुगेका छन् । सुरुमा ५ लाख सेयर पुँजीबाट सुरु भएको सहकारीको चुक्ता पुँजी ८ करोड पुगेको छ।

 

संस्थाले ६० करोड निक्षेप संकलन गरी सोही हाराहारीमा कर्जा प्रवाह गरेको छ । संस्थाले बढीजसो व्यावसायिक कर्जा प्रवाह गरेको छ । त्यस्तै हायर पर्चेजमा पनि लगानी गरेको छ ।

 

संस्थाले कुल सेयरपुँजीको १० प्रतिशत नबढ्ने गरी शैक्षिक लगानी गरेको छ । संस्थाले करोड हाराहारीमा ब्राइटजोन स्कुल सञ्चालनमा ल्यएको छ । संस्था सुरुमा बचत तथा ऋणको रूपमा काम गर्दै आएको थियो । केही समययता बहुउद्देश्यीयमा रूपान्तरण भएर संस्थागत लगानीमा प्राथमिकता दिँँदै आएको हो । संस्थाले चालू आवको पुस मसान्तसम्म २ करोड नाफा गरेको छ । आर्थिक वर्ष २०७३÷७४ मा भने ७७ लाख खुद नाफा गरेको थियो ।

 

संस्थाले कालिमाटी, न्युरोड, चाबहिल र जोरपाटीमा सेवाकेन्द्र स्थापना गरेको छ । सबै सेवा केन्द्रमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने तयारी गरेको छ । एकैचोटी चारवटै डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याउन नसके पनि एक वर्षमा एउटासम्म बनाई सक्ने गरी काम थालेका छौं । संस्थाले अघिल्लो आर्थिक वर्षदेखि लघुकर्जा सुरुवात गरेको छ । पाँचजना सदस्यमध्ये दुईजनालाई पाँच लाखसम्म कर्जा दिनेगरी लघुकर्जा सुरु गरेका हौं ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?