मिलिजुलीको सेवा केन्द्र सञ्चालन


सिगटी । मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले द‍ोलखाको उत्तरी क्षेत्र सिंगटीमा आफ्नो सेवा केन्द्र स्थापना गरेको छ। दोलखा सदरमुकाम चरिकोट केन्द्रित भएर सेवा दिदै आएको सहकारीले आज एक कार्यक्रम गरि कालिञ्चोक गाउँपालिका वडा नं (३ स्थित सिंगटी बजारमा पहिलो सेवा केन्द्रको स्थापना गरि सेवा सुरु गरेको हो।

 

जिल्ला बचत तथा ऋण सहकरि संघ लिमिटेडका अध्यक्ष जिबसराज खड्का र दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्किले संयुक्त रुपमा रिबन काटेर सेवा केन्द्रको उदघाटन गेरेका गर्नुभएको थियो ।

 

विसं २०५२ सालमा २५ सदस्य बाट स्थपना भएको मिलिजुली बचत सहकारीले बाबरेमा रहेको प्रगतिशील परोपकार बचत तथा ऋण सहकारी सस्था लिमिटेडसंघ एकीकरण गर्ने सम्झौता भएपछि सस्थाले प्रगतिशील परोपकार सेव केन्द्र नाम राखेर सेवा केन्द्र सुरु गरेका हुन्।

 

त्यस्तै मिलिजुली सहकारी संस्थाले भीमेश्वर नगरपालिका स्थिति चरिकोट, बोच, नाम्दु, फस्कु, र सुनखानीमा रहेका विभिन्न सहकारी सस्थाहरुसंग एकिकरण गर्ने भन्दै पहिलो चरणमा सम्झौता गरेको छ।

 

कार्यक्रममा प्रमुख अतिथि जिवसराज खड्काले अब सहकारी सस्थामा सख्यात्म वृद्धि भन्दा पनि गुनात्मक वृद्धिमा जोड दिनु पर्ने बताए ,विशेष अतिथि दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले बैंक तथा अन्य बित्तीय सस्था भन्दा सहकारी प्रभावकारी भएको बताए ।

 

सस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले अब सस्था उत्तरी भेगका सबै जनसमुदायलाई सस्थामा आवद्ध गराई सदस्य मैत्री सेवा प्रभाव गर्दै जाने भएकोले अन्य सहकारी सस्थालाई पनि एकीकरण मार्फत संगै मिलेर काम गर्न आग्रह गर्नु भयो । सस्थामा हाल २४ हजर भन्दा बढी शेयर सद्स्री रहेका छन भने सस्थाले ८५ करोड भन्दा बढी कारोबार गरिरहेको सस्थाका प्रमुख कार्यकारी अधिकृत इश्वर न्यौपानेले बताउनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर