‘शहरका भन्दा गाउँका सहकारी राम्रा’


जुम्ला, मंसिर, ९ । शहरका भन्दा गाउँका सहकारीले राम्रो काम गरेको पाइएको छ । ती सहकारीले सदस्यको जीवनस्तर उकास्नमा सघाउ महत्वपूर्ण सघाउ पु¥याएको गाउँका सहकारीहरु दाबी गर्छन् ।
नेपालको विकट र दुर्गम कर्णालीको जुम्ला जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको भेला तथा अन्तरक्रिया कार्यक्रमका सहभागी सहकारीकर्मीहरुले स्रोत साधनमा कमी भएपनि शहरका सहकारी भन्दा आफूहरुले राम्रो काम गरेको दावी गरेका हुन् ।
भेलामा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले नेपालको सहकारी आन्दोलनमा ग्रामिण समुदायवीच सञ्चालित सहकारीहरुले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । शहरका भन्दा गांऊका सहकारीहरु समुदायमा आधारित र सदस्य सेवाकेन्द्रीत रहेका छन । सीमान्तीकृत समुदायको उत्थानका लागि उनीहरुको भूमिका प्रशंसनिय रहेको बताउदै पौडेलले यस्ता सहकारीहरुलाई राज्यले नीतिगत र प्राविधिक सहयोग गर्नुपर्ने बताउनुभयो । स्थानीय सहकारीकर्मीहरुको जिज्ञासाको सन्दर्भमा पौडेलले सहकारीहरुको स्तरोन्नति र गुणात्मक विकासमा नेफ्स्कूनले सहयोग गर्ने बताउनुभयो ।
जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष मिनबहादुर डांगीको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला संघका उपाध्यक्ष एवम् भैरवनाथ सहकारीका अध्यक्ष रतन रोकाया, काञ्जिरोवा महिला बचत तथा ऋण सहकारी संस्थाकी धनमाया कठायत, भगवती महिला बचत तथा ऋण सहकारी संस्थाकी लेखा संयोजक भानुमती बिक, चन्द्रनाथ नौमुडे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जयराज भारती, जनकल्याण सहकारीका पूर्णपसाद तिमल्सेना, चन्दननाथ नौमुडे बचत तथा ऋण सहकारी संस्थाका मिनबहादुर रोकायालगायतले बोल्नु भएको थियो ।
सहभागीहरुले नेफ्स्कूनको प्रतिनिधिको उपस्थितिले आफुहरुलाई उत्साह मिलेको बताउदै जिल्लाको सहकारी अभियानलाई केन्द्रबाट सहयोगका लागि आग्रह गरेका थिए ।
एक नगरपालिकासहित २६ गाविस रहेको जुम्लामा सबै प्रकृतिका करीव दुई सय सहकारीहरु रहेका छन । करीव ९० बचत तथा ऋण सहकारी रहेको जिल्लामा अधिकांश सहकारीहरु क्रियाशिल छन । ती सहकारीहरुले गांऊ गांऊमा महिला तथा सीमान्तीकृत समुदायवीच आर्थिक कारोवार गरी सदस्यहरुको जीवनशैलीमा परिवर्तन ल्याउन भूमिका खेलिरहेका छन ।
सोहीक्रममा पौडेलले जिल्ला बचत तथा ऋण सहकारी संघ र चन्दननाथ नौमुडे बचत तथा ऋण सहकारी संस्थाहरुलगायतको स्थलगत अवलोकन गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक