सहकारीलाई साँढे ११ आना जग्गा दान


-बलराम केसी-

चरिकोट । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ६ मा रहेको गाउँ घर साना किसान कृषि सहकारी संस्थालाई जग्गा प्राप्त भएको छ । जग्गा मेलुङ गाउँपालिका वडा नम्बर ७ मा बस्दै आउनु भएका त्रिनाहरी भण्डारीले ६ आना र सानी शर्मा पौडेलले साँढे ५ आना गरि साँढे ११ आना जग्गा सहकारी संस्थालाई दान गर्नु भए पछि सहकारीलाई जग्गा प्राप्त भएको हो ।

मेलुङ गाउँपालिकाको १० लाख सहयोगमा सानी शर्मा पौडेलले दान गर्नु भएकोे जग्गामा कृषि सामाग्री संकलन केन्द्रको भवन समेत निर्माण भईरहेको छ ।

प्राप्त जग्गा सितली मेलुङ सडक खण्डसगं जोडीएकाले भवन निर्माणमा सहज भएको गाउँ घर साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक भुप प्रसाद चापागाईले जानकारी दिनु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको