‘धेरै सहकारी हुदाँ अस्वस्थ प्रतिष्पर्धा हुन्छ’


महिला अभियान बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सिर्जना शर्मा तिवारी २०६४ देखि सहकारी क्षेत्रमा प्रवेश गरेकी हुन् । शुरुमा शेयर सदस्य हुदैं, शिक्षा तथा तालिम उपसमितिको सदस्य, लेखा समितिको संयोजक कोषाध्यक्ष हुँदैं अहिले उनी उक्त सहकारीकी अध्यक्ष भएकी छिन् ।
बि.कम पास गरेकी तिवारी सहकारी क्षेत्रमै केही गरौं भन्ने लागेर सहकारी क्षेत्रमा प्रवेश गरेको बताउँछिन् । ‘सहकारीमा केही गरौं भन्ने भावनाले यस क्षेत्रमा लागेको हुु’ उनी भन्छिन् । शुरुमा सहकारीप्रति अनविज्ञ भएपनि सहकारीका विभिन्न पदमा बसेर काम गर्दै जादाँ सहकारी बुझ्दै गएको उनी बताउँछिन् । शेयर सदस्य भएको ६ महिनापछि उनले शिक्षा तथा तालिम उपसमितिको सदस्य भएर काम गरिन । ‘त्यसबेला विभिन्न तालिम लिने अवसर पाएँ’ उनी भन्छिन् ।
व्यवस्थापन पढेकाले पनि चुनावमा लेखा समितिको संयोजमा निर्वाचित भए । निर्वाचित भएर २ वर्ष काम गरे । त्यसपछि चुुनाव भयो र उनी कोषाध्याक्षमा निर्विरोध निर्वाचित भइन् । अहिले उनी अध्यक्ष भएकी छिन् । भन्छिन््–‘नेतृत्व हस्तान्तरण गर्ने क्रममा म अध्यक्ष भएको छु, प्रारम्भीक सहकारीमा धेरै पदमा बसेर मैले सहकारी राम्रोसँग बुझ्न पाएको छु ।’ अब उनलाई जिल्ला बचत संघ हुदैं माथिल्लो निकायमा नेतेत्व गर्ने हिम्मत बढेको छ ।
एउटा सफल व्यक्ति बन्न तालिमले धेरै भूमिका खेल्छ । तालिमले सहकारी शिक्षाको व्यवहारिक ज्ञान दिएको उनी ठान्दछिन् । उनीले सर्वप्रथम प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी हुने अवसर पाइन ।ँ त्यो तालिम लिएपछि उनलाई आत्मविश्वास बढ्यो । तालिम लिए पछि सजिलो भएको उनी अनुभव सुनाउँछिन् । तालिम मध्ये नेफ्स्कुनले दिएको पल्र्स अनुगमन प्रणालीले धेरै फाइदा दिएको बताउँछिन् । उक्त तालिमले सहकारीको यथार्थ चित्रण थाहा हुन्छ, त्यो तालिम बढी भन्दा बढी व्यक्तिलाई आवश्यक छ’ उनी भन्छिन् ।
एनले कर्जा व्यवस्थापन, आधारभुत व्यवस्थापन, संस्थागत विकास तालिम जिल्ला बचत संघमार्फत लिएँ । उद्घोषण तालिम लिएकी छिन् । तालिमले क्षमता तिर्खान सघाउ पु¥याउने बताउँछिन् । पल्र्स तालिम दिएपछि आत्मविश्वास बढेको र सहकारी के हो, कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने थाहा पाउन सकिने भएकाले सहकारीकर्मीलाई पल्र्स मनिटरिङ तालिम आवश्यक भएको उनी ठान्दछिन् । पल्र्सले शेयर पूँजि, डिपोजिट सबै ठाउँ पाउँछ । मेरो सहकारी कस्तो छ भन्ने थाहा हुन्छ त्यसकारण पनि सबै सहकारीकर्मीलाई पल्र्स तालिम लिनु आवश्यक ठान्दछु ।
सहकारी बैंकजस्तो होइन । समुदायमा आधारित भएपछि समाजको भावनाअनुरुप चल्नुपर्ने हुन्छ । सहकारीमा लागेपछि कन्डिसर हुनुपर्छ, लादेर मात्र जान सकिदैंन । उनीलाई सहकारीमा रमाइलो लागिरहेको छ । शुरुदेखि उनी महिला अभियान सहकारीमा मात्र सक्रिय रहेकी छिन् ।
जिल्ला बचत संघ भक्तपुरको मंसिर १३ गते हुने साधारणसभामा कुनै न कुनै पदमा रहेर काम गर्ने उनको रहर छ । ‘एकैचोटी माथि ताक्न हुदैंंन भन्ने बुझेको छु, प्रारम्भीक सहकारीमा नेतृत्व गरिसकेको छु, अब माथिल्लो निकायको पनि नतृत्व गर्न सक्छु भन्ने विश्वास जागेको छ ।’
सहकारीमा राजनीतिकरण हुनु राम्रो होइन । सहकारीमा राजनीति छिर्न हुदैँन । भागबण्डा गर्नु राम्रो होइन । पछिल्लो समयमा राष्ट्रिय सहकारी संघ तथा राष्ट्रिय सहकारी चुनावको निर्वाचतप्रति उनी असन्तुष्टी व्यक्त गर्छिन् । यसले सहकारीलाई कालान्तरमा नराम्रो असर गर्ने उनको बुझाइ छ ।
नेपालमा धेरै सहकारी गठन भएको र यसले समाजमा अस्वस्थ्य तथा डुब्लिकेशनको समस्या ल्याउने उनको बुझाइ छ । यहाँ बालकोटमा मात्रै ९ वटामा २९ वटा सहकारी छ । यसले एक व्यक्ति धेरै सहकारीको सदस्य बन्ने, ऋण लिने र नतिर्ने समस्या हुन सक्छ । उसले धेरै सहकारीबाट यसरी ऋण लिदाँ उत्पादनशील क्षेत्रमा लगानी नगरेमा डुब्न सक्छ ।
त्यस्तै अर्कोतर्फ सरकारले धेरै सहकारीको अनुगमन पनि गर्न सक्दैन् । धेरै सहकारीको अनुगमन गर्न स्रोत साधन नहुन सक्छ । थोरै सहकारी भए गुणात्मक सेवा दिन सक्छन् । अब सहकारी मर्ज हुन आवश्यक छ । अहिले १ सय ५६ सहकारी समस्या छन् । अन्य सहकारी पनि समस्यामा पर्न सक्छन् । सहकारी मर्जरमा जानको विकल्प नभएको उनको बुझाइ छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बैंकको अध्यक्षमा केबी उप्रेती भारी मतले निर्वाचित (मत सहित हेर्नुहाेस्)
सुरुमा असहज लाग्न सक्छ
संस्था डुब्ला भन्ने डर हुँदैन
बहुउद्देश्यीय सहकारीले रचनात्मक काम गर्न सक्छन्