ललितपुर कृषि संघमा ओमदेवी मल्ल


जिल्ला कृषि सहकारी संघ लि. ललितपुरले ‘हेवी वेट’ अध्यक्ष पाएको छ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष एवम् अन्तर्राष्ट्रिय सहकारी महासंघ (ICA) का ग्लोबल बोर्ड मेम्बर समेत भइसकेकी ओमदेवी मल्ल ललितपुरको जिल्ला कृषि सहकारी संघमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

संघको सातौँ साधारणसभामा भएको निर्वाचन कार्यक्रममा सहमतिबाट नै मल्लको उम्मेदवारी निर्विरोध रहन गएको हो । यस संघलाई बलियो र सुदृढ बनाउन आफूसहित सम्पूर्ण नवनिर्वाचित टिम नै लागि पर्ने नवनिर्वाचित अध्यक्ष मल्लले सहकारी नेपाललाई बताउनुभयो ।

संघको उपाध्यक्षमा दिल नापित, महिला उपाध्यक्षमा इन्द्रकुमारी थापा, सचिवमा पुरुषोत्तम हुमागाई, कोषाध्यक्षमा चित्रराज तिमल्सिना, सञ्चालकहरूमा ज्ञानबहादुर लाहो, कृष्ण सञ्जेल, लक्ष्मी कार्की, गंगालाल डंगोल र शरद रानामगर निर्वाचित हुनुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न