हकहित समाजको दोश्रो वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । मुलुकमा सहकारी अभियानको गुणात्मक विकास र प्रवद्र्धनका लागि राज्य र सहकारी अभियानकाबीच समन्वयकारी भूमिका निर्वाह गर्ने मूल उद्देश्यका साथ स्थापित सामाजिक संस्था सहकारी हकहित राष्ट्रिय समाजले दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारी क्षेत्रले झेल्दै आएका नीतिगत, कानूनी र व्यवहारिक कठीनाईहरुको सरलीकरण गर्नुका साथै सम्भावित विकृति र विसंगतिलाई न्यूनिकरण गर्दै अभियानलाई मर्यादित र व्यवस्थित बनाउन क्रियाशील समाजले बैशाख २९ गते साधारण सभा सम्पन्न गरेको हो ।

समारोहको सभापतित्व समेत गरिरहनुभएका समाजका अध्यक्ष अर्जुन खतिवडाले सभामा संचालक समितिको तर्फबाट गत आर्थिक बर्षको प्रगति प्रतिबेदन तथा चालु आर्थिक बर्षका लागि प्रस्तावित कार्ययोजना पेश गर्नुभयो । उहाँले सरकारले निर्माण गरेको सहकारी ऐनको मस्यौदा माथि प्रारम्भिक सहकारी संस्थामा आवद्ध सहकारीकर्मीहरुबाट सुझाव संकलन गर्नका लागि अघिल्लो आ।व।मा शुरुवात गरिएको ‘प्रस्तावित सहकारी ऐन, २०७३ र सहकारी अभियानको सरोकार’ विषयक अन्तरक्रियालाई निरन्तरता दिईएको जानकारी दिनुभयो ।

अन्तरक्रियामा सहकारीकर्मीहरुले दिनुभएको राय सुझावलाई एकीकृत गरेर विभागीय मन्त्री, मुलुकका चार ठूला राजनैतिक दलका सहकारी विभाग प्रमुखहरु, तत्कालीन व्यवस्थापिका संसदका केही विधायकहरु र राष्ट्रिय सहकारी महासंघका अध्यक्षलाई वुझाएको बताउनुभयो । त्यसैगरी उहाँले साठीऔं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर समाजले दिवसका लागि तय गरिएको नारा ९थिम० ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ विषयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको जानकारी दिनुभयो । उहाँका अनुसार समाजले सो अवसरमा आईसीए एशिया प्रशान्त क्षेत्रको सदस्यमा निर्वाचित हुनुभएकामा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडाललाई बधाई तथा सफलताको शुभकामना सहित सम्मान समेत गरेको थियो । समाजले गत आ।व।मा केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रको सभाकक्षमा ‘सहकारी क्षेत्रका वित्तीय जोखिम पहिचान र न्यूनिकरणका उपाय’ बिषयक एकदिने गोष्ठी आयोजना गरेको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका संचालक सदस्य गोविन्द गिरीले चालु आर्थिक वर्षका लागि प्रभावकारी कार्ययोजना बनाएर समाजलाई आर्थिक रुपमा समेत स्वावलम्बी बनाउनुपर्ने बताउनुभयो । उहाँले समाजका हरेक गतिविधहरुमा सदस्यहरुलाई सक्रियतपूर्व सहभागी बनाउनुपर्ने भनाई राख्नुभयो । समाज गैह्र नाफामूलक सामाजिक संस्था भएकाले राज्य र सहकारी अभियान सम्वद्ध निकायहरुसंग पनि सहकार्य गरेर साझेदारीमा विविध कार्यक्रमहरु संचालन गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
त्यसैगरी समाजका अर्का संचालक सदस्य केदार बाँस्कोटाले संस्थालाई उद्देश्य अनुरुपमका कार्यक्रम संचालन गर्नका लागि श्रोत व्यवस्थापनको काम चुनौतीपूर्ण रहेकाले राज्यसंग अनुदान लिएर सहकारी सम्बन्धी शिक्षा, तालिम र प्रशिक्षण कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो । संचालक समितिका पदाधिकारीहरुबीच सघन विचार विमर्शको आवश्यकता औंल्याउँदै उहाँले संस्थालाई कार्यक्रममुखी बनाउनका लागि सिलसिलावद्ध रणनीति बनाउनुपर्ने धारणा राख्नुभयो ।

यसैगरी सभामा मन्तव्य राख्दै समाजका सचिव ऋषिराम ढकालले संस्थाको प्रभावकारिता र दिगोपनका लागि समयानुकुल सदस्यता विस्तारका साथै संस्थालाई मार्गनिर्देश गर्नका लागि सल्लाहकार समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले समाजले सरकारी र समान उद्देश्य बोकेका गैह्र सरकारी निकायहरुसंग सहकार्य गरेर सहकारी क्षेत्रका विभिन्न विषयमा खोज अनुसन्धानमूलक काम गर्नका लागि कार्ययोजना बनाउन प्रस्ताव गर्नुभयो ।

समाजको सचिव ऋषिराम ढकालले संचालन गर्नुभएको उक्त कार्यक्रममा संचालक सदस्य गोविन्द गिरीले स्वागत मन्तव्य राख्नुभएको थियो । समारोहमा समाजका कोषाध्यक्ष सुशिल चौधरीले संचालक समितिको तर्फबाट आर्थिक प्रतिवेदन पेश गर्नुभयो ।
समाजले चालु आ।व।मा संस्था संचालन कार्यविधि निर्माण गर्नुका साथै सहकारीको प्रवद्र्धनका लागि सहकारी अभियान सम्बद्ध निकाय र सरोकारवाला सरकारी निकायहरुसंग सहकार्य तथा समन्वय गर्दै विभिन्न शिक्षा, तालिम, गोष्ठी तथा चेतनामूलक कार्यक्रम संचालन गर्नका लागि कार्ययोजना निर्माण गर्ने जनाएको छ । त्यसैगरी समाजले चालु बर्षमा साधारण सदस्य, आमन्त्रित सदस्य र मानार्थ सदस्य संख्या विस्तार गर्नुका साथै कोषको रकममा पनि बृद्धि गर्ने तक्ष्य लिएको छ । संस्थालाई मार्गनिर्देश गर्ने व्यक्तिहरु मध्येबाट छनौट गरी सम्मान दिने कार्यक्रम तय गरेको समाजले भावी दिनमा नेपालको सहकारी अभियानमा लामो समयसम्म निष्ठापूर्वक सक्रिय अग्रज सहकारीकर्मीहरुलाई समेत सम्मान प्रदान गर्ने लक्ष्य लिएको छ । यसैगरी समाजले लिएका उद्देश्य र गर्दै आएका गतिविधिहरुसंग सरोकार राख्ने विभिन्न स्थानीय, प्रादेशिक र संघीय सरकारी निकायहरु, सहकारी अभियान सम्वद्ध छाता संगठनहरु र गैह्र सरकारी निकायहरुसंग सहकार्य, समन्वय र सम्बन्ध विस्तार गर्नका लागि पनि विशेष पहल गर्ने भएको छ ।

यसैबीच संस्थाको दोश्रो वार्षिक साधारण सभाले आगामी दुई वर्षका लागि अर्जुन खतिवडाको अध्यक्षतामा नयाँ संचालक समिति समेत चयन गरेको छ । सर्वसम्मतिबाट गठित संचालक समितिको उपाध्यक्षमा गोविन्द गिरी, सचिवमा ऋिषिराम ढकाल र कोषाध्यक्षमा सुशिल चौधरी रहनुभएको छ । त्यसैगरी समितिका सदस्हरुमा मोहन कुमार मैनाली, केदार बाँस्कोटा र मान बहादुर के.सी.(मानव) रहनुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको