सिपमुलक तालिम सम्पन्न


गैंडाकोट । बिकू बचत तथा ऋण सहकारी संस्थाले बालबालिका, युवा तथा वृद्धवृद्धा लक्षित संयुक्त कार्यक्रम सम्पन्न गरेको छ । बिकूले कालिका मन्दिर कालिका आ श्रम गैंडाकोटमा बिकू दिर्घकालिन छात्रवृती वितरण, बिकू टेक्ने लठ्ठी वितरण र सिपमुलक तालिम संयुक्त रुपमा समापन गरेको हो ।

 

बिकूले ४० जना विद्यार्थीलाई १ वर्षका लागि आवश्यक छात्रवृती बिकूको लोगो अंकित झोला, ड्रेस, कपि, कलम तथा आवश्यक टाई, बेल्ट जुत्ता खरिद तथा शुल्कका लागि नगद हस्तान्तरण गरिएको हो ।

 

त्यस्तै ३ महिने ईलेक्ट्रिसियन तालिमका सहभागी ५० जना तथा १५ दिने बाख्रापालन तथा कृषि तालिमका सहभागी २० जनालाई प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै बिकूका ४६ जना वृद्धवृद्धालाई विकु मेरो साहरा अंकित लठ्ठी हस्तान्तरण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले बताए ।

छात्रवृति पाएपछि कक्षा ३ पढ्ने दिपिका ढकालले कार्यक्रममा माईक समातेर विकुलाई पनि उज्जवल बनाउनुपर्ने र आफुहरु पनि उज्जवल बन्ने बताईन ।

 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न