समूह सहकारीमा रुपान्तरण हुदैं


बैतडी, मंसिर ९ । समूहमा आबद्व भएका बैतडीका अधिकांश व्यक्ति सहकारीमा लाग्न थालेका छन् ।
सन् २०११ देखि बैतडीमा काम गदै आएको प्रमिस परियोजनाले अहिले सम्म १ सय ८९ अनौपचारिक समूहलाई सहकारी आवद्धताका लागि सहयोग गरेको छ ।
मर्सीकोर नेपालले सहकारी बनाउन ती समूहरुलाई सहयोग गर्दै आएको छ । परियोजना अवधिभर ३ सय ५० अनौपचारिक समूहमा पहुँच पुगेको र १ सय ८९ लाई पूर्ण रुपमा सहकारीमा रुपान्तरण गरिएको मर्सीकोर नेपालका बरिष्ठ परियोजना अधिकृत रमेश जोशीले बताउनुभयो ।
अनौपचारिक क्षेत्रमा कार्यरत ब्यक्तिहरुको गरिबि घटाउने र जोखिम तथा बिपद ब्यवस्थापन गर्ने क्षमता अभिबृद्धी गर्ने मूलभूत उद्देश्यका साथ शुरु गरिएको परियोजनाले परियोजना अवधिभर अनौपचारिक क्षेत्रमा कार्यरत ब्यक्तिहरु तथा समुहहरुलाई सामाजिक शुरक्षा उपायहरु बारे १ सय ६० ओटा सचेतना तालिम संचालन गरेको जनाएको छ ।
परियोजना अवधिभर २५ गाविसका ३३ ओटा सहकारी संस्थाहरुमा विभिन्न क्रियाकलाप संचालन गरेको बताइएको छ ।
परियोजनाले १६ ओटा नयाँ दर्ता भएका सहकारी संस्था र १८ ओटा अगाडि नै दर्ता भएका सहकारी संस्थामा आफ्नो कार्यक्रम संचालन गरेको जनाएको छ । परियोजना अवधिभर ९ हजार ३ सय ७३ जना सहकारीमा आवद्ध भएको परियोना अधिकृत जोशीले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने