भाखा नाघेको ऋण घटाउन जोड


ललितपुर । भाखा नाघेको ऋण घटाउन सरोकारवाला निकायहरुले जोड दिएका छन् । नेफस्कून ललितपुर फिल्ड कार्यालयको आयोजनामा भएको भाखा नाघेको ऋण व्यवस्थापन तालिम समापन कार्यक्रममा बोल्ने वक्ताहरुले ऋण उठाउन विशेष जोड दिनुपर्ने बताएका थिए ।

 

तालिम कार्यक्रममा काठमाडौं र ललितपुर जिल्लाका १७ वटा साकोसबाट १० जना महिला र १५ जना पुरुष सहित २५ जनाको सहभागिता रहेको थियो । साकोसमा भाखा नाघेको ऋणको विश्लेषण र व्यवस्थापनका उपायहरु, असुलीका उपायहरु, भाखा नाघेको ऋण गणना गर्ने विधी, ऋण नीति तथा ऋण लगानी प्रक्रिया सम्बन्धी विविध बिषयमा रहि उक्त तालिम कार्यक्रमको प्रशिक्षण नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिना र श्रोत व्यक्ति अर्जुन सन्जेलले गर्नुभएको थियो ।

 

तालिम समापनको अध्यक्षता ललितपुर फिल्ड कार्यालय व्यवस्थापन उप–समितिका सदस्य बिभुषण शाक्य ले गर्नुभएको थियोे । साथै तालिम को संयोजन तथा कार्यक्रम संचालन ललितपुर फिल्ड ईन्चार्ज मनोज कार्कीले गर्नु भयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न