सहकारी बैंकमा ७४ जनालाई जागिर अवसर


काठमाडौं । राष्ट्रिय सहकारी बैंकमा ७४ जनालाई जागिर अवसर खुलाएको छ । बैंकले प्रसासन तथा लेखातर्फ सहकाय अधिकृत छैठौं तहको १४ जना र तीन तहको कनिष्ठ सहायक पदमा ६० जनाका लागि आवेदन खुलाएको हो ।

 

सहायक अधिकृतका लागि व्यवस्थापन वा अर्थशास्त्र न्यूनतम स्नाकोत्तर अवथा स्नातक उतीर्ण गरी सहकारी बैंक तथा बैंक तथा वित्तीय संस्थामा सहायक स्तरमा तीन वर्ष काम गरेको हुनुपर्ने छ ।

 

त्यस्तै कनिष्ठ सहायक पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, न्यूनतम दशजोड दुई वा एलएलसी वा सो सरह उतीर्ण गरी वित्तीय संस्थामा तीन वर्षको कार्य अनुभव भएको व्यक्तिले आवेदन दिन सक्ने छन् ।

 

छैठौ तहका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको, तीन तहको लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्नेछन् । महिला उम्मेदवारले थप वर्ष कटेकाले पनि उम्मेदवार दिन पाउने छन् ।

 

बैंकले १ गतेदेखि १५ गतेसम्म आवेदन दिइसक्न सूचना प्रकाशित गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम