सहकारीकर्मीलाई वित्तीय साक्षरता


पोखरा । राष्ट्रिय युवा परिषद र नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। (नेफ्स्कून) को साझेदारीतामा संचालित युवा उद्यम कार्यक्रम अन्तरगत कास्कीको पोखरामा प्रदेश नम्वर ४ र ५ का उद्यमी युवाहरुलाई दुई दिने वित्तीय साक्षरता तालिम प्रदान गरिएको छ ।

 

पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय पोखराको तालिम हलमा वैशाख ३० र ३१ गते सचालित उक्त तालिममा सहभागीहरुलाई वित्तीय साक्षरताको परिचय, वित्तीय लक्ष्य निर्धारण, दैनिक आम्दानी खर्चको हिसाव, बजेटको परिचय र पारिवारीक बजेट निर्माणको अभ्यास, ऋणको परिचय र ऋण व्यावस्थापन, जोखिम व्यावस्थापन र वीमा, वित्तीय व्यावस्थापनका नियमहरु, व्यावसायिक योजना निर्माण एवम वचत लगाएतका विषयमा जानकारी गराईएको थियो ।

 

राष्ट्रिय युवा परिषदको लगानीमा नेपालका साविक तिन सय ४० निर्वाचन क्षेत्रमा गठन गरिएका दश दश जना युवाहरुको उद्यमी समुहलाई नेफ्स्कूनले गत आर्थिक वर्षमा आफ्ना सदस्य वचत तथा ऋण सहकारी संस्थाहरुको माध्यमबाट प्रति समुह पाँच लाखका दरले विना व्याज विना धितो पाँच वर्षको लागि करिव १२ करोड ऋण लगानी गरेको छ, भने यो आर्थिक वर्षमा पनि थप युवा समुहहरुलाई लगानीको लागि राष्ट्रिय युवा परिषद सँग दुई पक्षिय सम्झौता गरि नेफ्स्कून लगानीको तयारीमा रहेकोे छ ।

 

उक्त तालिममा प्रदेश नम्वर ४ र ५ का अधिकांश जिल्लाहरुबाट उद्यमी समुहका करिव ८० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने तालिमको सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत शर्मिला गौतम र सहायक अधिकृत प्रकाश अधिकारीले गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न