सहकारी शिक्षा कार्यक्रम सुरु


रुपन्देही । अास्थाश्री बचत तथा ऋण सहकारी स‌ंस्थाले शेयर सद्स्य केन्द्रित अनिवार्य एक दिवसीय सदस्य शिक्षा कार्यक्रम आयोजना गरेको छ । उक‍्त आयोजना अनुसार वैशाख मसान्तसम्ममा ३१५ जनालाइ सहभागी गराई सदस्य शिक्षा प्रदान गरेको छ ।

 

शिक्षा उपसमितिको संयोजनमा संचालित शिक्षा कार्यक्रमलाइ संस्था अध्यक्ष एवम् प्रशिक्षक लक्ष्मण कुमार थापाले सहजीकरण गरिरहनु भएको थियो ।

 

२०७५ आषाढ मसान्तसम्म पुराना सबै सदस्य सदस्यहरुलाई यो कार्यक्रममा सहभागी गराउने र नयाँ प्रवेश सदस्यहरुलाई नियमित तरिकाले दिदै जाने रणनीति अपनाएको छ ।

 

सदस्यहरुलाई निजको शिक्षा, पेशा र उमेरको आधारमा समूह बिभाजन गरि सहकारी सदस्यले जान्नु पर्ने आधारभूत बिषयवस्तु समेटेर तयार गरिएको पाठ्यक्रम बमोजिम शिक्षा कार्यक्रम सफलतापूर्वक संचालित भैरहेको छ ।

 

साकोसको १२औ वार्षिक साधारणसभाले म्यान्डेड प्रदान गरे अनुसार २०७४ चैत्र १७ गते देखि उक्त कार्यक्रम सुरु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न