सहकारी बैंकले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड


उर्लाबारी मोरंग । प्रदेश नम्बर १ का उप–सभामुख सरस्वती पोखरेलले सहकारी बैंकले अझ धेरै शाखा विस्तार गर्दै हरेक जिल्लामा आफ्नो पहुँच पु¥याउउदै आफ्नो लगानी उत्पादनशील क्षेत्रमा बढाएर सहकारी क्षेत्रको प्रवर्द्धन गर्नु पर्नेमा जोड दिनुभएको छ ।

 

राष्ट्रिय सहकारी बैंकले हरेक जिल्लामा सहकारी बैंकको शाखा विस्तार गर्ने भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा कार्यालय उर्लाबारीको आयोजनामा भएको बैंक, शाखा कार्यालय उर्लाबारी र सहकारी संघसंस्थाहरु विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम बोल्दै उहाँले सहकारीले अर्थतन्त्र सबल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो ।

 

राष्ट्रको तीनखम्बे अर्थनिति अनुरुप सहकारी क्षेत्रबाट नै गरिबी, महिला, पिछडिएकाहरुको स्तर उन्नति सम्भव रहेको भन्दै सहकारी क्षेत्रलाई अझ मजबुत बनाउन सहकारी बैंकले महत्वपूर्ण योगदान दिन पर्ने कुरामा उहाले ध्यानाकार्षण गराउनु भएको थियो ।

 

बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलको अध्यक्षता तथा प्रदेश नम्बर १ का उप सभामुख सरस्वती पोखरेलको प्रमुख प्रमुख आतिथ्यतामा करिव ११० जना सहकारी प्रतिनिधिहरुको उपस्थितिका विच कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग बहादुर फागो र उप(प्रमुख लक्ष्मी देवी भण्डारीको विशिष्ट आतिथ्यता, बैंकका प्रबन्ध संचालक केबी उप्रेती, संचालकद्वय सरिता भट्टराई र रामहरी बजगाईं, सहायक महाप्रबन्धक हरिकृष्ण सापकोटा लगायत सहकारी महासंघका संचालक, जिल्ला सहकारी संघका सल्लाहाकार, जिल्ला बचत संघका अध्यक्ष,, उर्लाबारी शाखा समन्वय समितिका सदस्य तथा सल्लाहाकार, बैंकको दमक र विराटनगरका शाखा प्रमुखहरु र उर्लाबारी वाणिज्य संघका अध्यक्ष लगायतका प्रतिनिधिहरुको उक्त कार्यक्रमममा आतिथ्यता रहेको थियो ।

 

सो अबसरमा बैंकका सहायक महाप्रबन्धक हरिकृष्ण सापकोटाले बैंकका सेवा सम्बन्धी प्रस्तुतिकरण गर्नुभएको थियो, बैंकको सदस्य सेवा, सदस्य शिक्षा तथा तालिम सम्बन्धमा बैंकका संचालक सरिता भट्टराईले आफ्ना भनाइहरु राख्नुभएको थियो, बैंकको वर्तमान अवस्था र औचित्यता लगायत कार्यक्रममा बैंक सम्बन्धमा उठान भएका जिज्ञासा सम्बन्धमा प्रबन्ध संचालक के।बी। उप्रेतीले बताउनु भएको थियो ।

 

सो अबसरमा आफ्ना राय, सल्लाह र सुझाब सहितका शुभकामना मन्तव्य उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग बहादुर फागो र उप(प्रमुख लक्ष्मीदेवी भण्डारी, सहकारी महासंघका संचालक शिव कुमार डांगी, जिल्ला बचत संघ मोरङका हरि सुवेदी, जिल्ला सहकारी संघ मोरङका सल्लाहाकार तेज कुमार रिजाल, नेफस्कुनका संचालक गोमा नेपाल र नेफस्कुनका कोषध्यक्ष केशव प्रसाद पोखरेलले राख्नुभएको थियो ।

 

सो अबसरमा कार्यक्रमका प्रमुख अतिथिवाट बैंकको उर्लाबारी शाखामा गत आर्थिक बर्षमा उत्कृष्ट कारोबारका गर्ने आरति बहुउद्धेश्यीय सहकारी संस्था र नियमित कारोबार गर्ने नवश्री बचत तथा ऋण सहकारी संस्थालाई प्रसंशा पत्र सहित सम्मान गरिएको थियो । बैंकको उर्लाबारी शाखा प्रमुख मुना केसीको स्वागत मन्तब्यवाट स।ुरु भएको कार्यक्रम बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलले कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै सम्पन्न भएको थियो भने अन्तरक्रिया कार्यक्रमको संचालन बैंकका संचालक रामहरी बजगाईंले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको