सहकारीले नीति, विधि र प्रबिधि आत्मसात गरे नमूना बन्ने


बाँके । राष्ट्रिय सहकारी महासंघ लि नेपालको आयोजना तथा जिल्ला सहकारी संघ बाँकेको संयोजनमा सहकारी सूचना प्रणाली तथा सम्पत्ती शुद्धीकरण विषयक दुई दिवसीय तालिम सुरु भएको छ ।

कार्यक्रममा बोल्दै महासंघका सञ्चालक चन्द्रप्रसाद ढकालले सहकारी विधि र नितिमा चले मात्र लक्ष्यमा पुग्ने सकिने बताउनुभयो । उहाँले बाँँके जिल्ला सहकारीको नमुना जिल्लाका रुपमा विकास गर्न विधि नीति र प्रबिधि आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।

नमुना सहकरी भएको जिल्ला बनाउन युवा सहकारी क्षेत्रमा आउन आवश्यक भएको उहाँको भनाई थियो । सहकारीको सूचना व्यवस्थित गर्न र कालो धन र भ्रस्टाचार तथा आतंककारी गतिविधिाबाट आर्जित धन सहकारी मा छिर्न नदिन सहकारीकर्मी सचेत हुनुपर्ने उहाँको भनाई थियो ।

सम्पत्रि सुदृढीकरण निवरण ऐन पूर्णरुपमा लागु गर्नु सहकारीकर्मीहरुको पनि दयित्व रहेको उहाँको भनँई थियो ।

जिल्ला सहकारी संघ बाँके का अध्यक्ष पुन्यप्रसाद सुवेदीले स्थानीय तहले सहकारी ऐन तथा कानुन निर्माण गर्दा जिल्ला सहकारी संघसंग सहकार्य गरेर मात्र काम गर्नुपर्ने बताउनुभयो । स्थानीय तह र सहकारीको सहकार्यमा आर्थिक विकास सम्भव भएको उहाँको भनाई थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको