तीन खम्बे अर्थनीति सार्थक बनाउन सहकारी सक्रिय हुुनुपर्ने


विराटनगर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा कार्यालय विराटनगरको आयोजनामा बैंक, शाखा कार्यालय विराटनगर र सहकारी संघरसंस्थाहरु विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमका बाेल्दै  प्रमुख अतिथि प्रदेश नम्बर १ का प्रमुख सचिव सुरेश प्रधानले सहकारी बैंकले अझ धेरै शाखा विस्तार गर्दै हरेक जिल्लामा आफ्नो पहुँच पुर्याउदै आफ्नो लगानी उत्पादनशील क्षेत्रमा बढाएर सहकारी क्षेत्रको प्रवर्द्धन गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

 राष्ट्रको तिनखम्बे अर्थनिति अनूरुप सहकारी क्षेत्रबाट नै गरिवी निवारण, पिछडिएको क्षेत्रहरुको स्तर उन्नति सम्भब रहेको भन्दै सहकारी क्षेत्रलाई अझ मजबुत बनाउन सहकारी बैंकले महत्वपुर्ण योगदान दिन पर्ने कुरामा समेत उहाले ध्यानाकार्षण गराउनु भएको थियो ।

 

बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा करिव १४० जना सहकारी संघसंस्थाको प्रतिनिधिहरु उपस्थिती रहेको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा विशिष्ट अथितीको रुपमा सहकारी महासंघका संचालक शिव कुमार डांगी, बैंकका प्रबन्ध संचालक केबी उप्रेती, लेखा समितिका संयोजक कुलचन्द्र अधिकारी, बैंकका संचालकद्वय सरिता भट्टराई र रामहरी बजगाईं, बैंकका सहायक महाप्रबन्धक हरिकृष्ण सापकोटा, जिल्ला सहकारी संघका अध्यक्ष दिल्ली पोखरेल, र सल्लाहाकार, जिल्ला बचत संघका अध्यक्ष, विराटनगर शाखा समन्वय समितिका सदस्य तथा सल्लाहाकारहरु रहनु भएको थियो ।

यस कार्यक्रमको अबसरमा बैंकका संचालक सरिता भट्टराईले बैंकका बर्तमान सेवा विषयमा प्रस्तुतिकरण दिनु भएको थियो । बैंकको सदस्य सेवा, शिक्षा तथा तालिम सम्बन्धमा बैंकका लेखा समितीका संयोजक कुल चन्द्र अधिकारीले आफ्ना भनाइहरु राख्नु भएको थियो । बैंकको वर्तमान अवस्था र औचित्यता लगायत कार्यक्रममा बैंक सम्बन्धमा उठान भएका जिज्ञासा सम्बन्धमा प्रबन्ध संचालक केबी उप्रेतीले बताउनु भएको थियो ।

त्यसैगरी बैकका सहायक महाप्रवन्धकले उक्त कार्याक्रममा उपस्थिति हुनु भएका सम्पूर्ण सहकारी कर्मीहरुलाई धन्यवाद ज्ञापन व्यक्त गर्नु भएको थियो । सो कार्यक्रम अन्तमा कार्यक्रम प्रमुख अतिथिबाट बैंकको शाखा कार्यालयमा गत आर्थिक बर्षमा नियमित र उत्कृष्ट कारोबार गर्ने गोपाल बहुउद्धेश्यीय सहकारी संस्था लि ईश्वर बचत तथा ऋण सहकारी संस्था लि लाई प्रसंशा पत्र सहित सम्मान गरिएको थियो भने अन्तरक्रिया कार्यक्रमको संचालन बैंकका संचालक रामहरी बजगाईंले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

दिगो व्यवसायिकता विकासका लागि सहकारीः राज्यमन्त्री रानामगर
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
जिल्ला सहकारी संघ कास्कीको अध्यक्षमा कोइराला
उद्यमशिलता नमूना परियोजनाको प्रभावकारिता अनुगमन