गाउँका सहकारीको पनि कारोबार बढ्दै


 तनहुँ, मंसिर १०। गाउँका सहकारीको कारोबार बढ्दै गएको छ । शुरुमा सीमित कारोबार गर्र्दै आएका सहकारीहरु पछिल्लोे समयमा कारोबारको दायारा बढाउँदै लगेका छन् ।
डिभिजन सहकारी कार्यालय तनहुँका अनुसार तनहु, लमजुङ र गोरखा जिल्लामा सञ्चालित सहकारी संस्थाहरुको वार्षिक कारोवार ४ करोड रुपैयाँ भन्दा बढिको हुने गरेको छ । आर्थिक वर्ष २०७०÷०७१ मा ती जिल्लामा सञ्चालित सहकारीहरुले ४ अर्ब ६८ करोड ३२ लाख ११ हजार ३ सय २८ रुपैयाँको कारोवार गरेका छ । कार्यालयका अनुसार तनहुँ जिल्लाका सहकारीहरुले २ अर्ब ३६ करोड ६६ लाख ८२ हजार ७ सय ६६, लमजुङका सहकारीहरुले १ अर्ब ६६ करोड २७ लाख ९१ हजार ३ सय ५५ र गोरखाका सहकारीहरुले ६५ करोड ३७ लाख ३७ हजार २ सय ७ रुपैयाँको कारोवार गरेका छन् ।
डिभिजन प्रमुख गौतम भण्डारीले मनाङ जिल्लामा सञ्चालित सहकारीहरुले लेखापरिक्षण प्रतिवेदन नबुझाएका कारण मनाङको तथ्याङ्क निकाल्न नसकिएको बताउनुभयो ।
५७ करोड ६२ लाख ६३ हजार ४ सय ५९ शेयर पुँजी रहेको तनहुँका सहकारीहरुले २ अर्ब ६८ करोड ७० लाख ४२ हजार २८ बचत र २ अर्ब १९ करोड ७ लाख ९४ हजार ५ सय ७० रुपैयाँ लगानी गरेका छन् । २० करोड ९१ लाख १८ हजार ३ सय १० रुपैयाँ पुँजी रहेको लमजुङका सहकारीहरुले १ अर्ब ८ करोड ३४ लाख ४५ हजार ४ सय १८ बचत र १ अर्ब ४२ करोड २९ लाख ३७ हजार ४ सय ८ रुपैयाँ लगानी गरेका छन् ।
्त्यस्तै ११ करोड ३५ लाख ८ हजार ५ सय ४६ रुपैयाँ पुँजी रहेको गोरखाका सहकारीहरुले ३७ करोड ८९ लाख १ हजार १९ बचत र ५९ करोड ४१ लाख ९४ हजार ३ सय ९६ रुपैयाँ ऋण लगानी गरेको डिभिजन प्रमुख भण्डारीले जानकारी दिनुभयो ।
तनहुँ, लमजुङ, गोरखा र मनाङमा गरी कुल १ हजार ९ वटा सहकारी संस्थाहरु सञ्चालित छन् । जसअनुसार तनहुँमा ३ सय ३०, गोरखामा ३ सय ९३, लमजुङमा २ सय ७८ र मनाङमा ८ वटा सहकारी छन् । तीमध्ये १ करोड देखि ५ करोडसम्मको वासलात हुने सहकारी ७७, ५ करोड देखि ५० करोड सम्म वासलात हुने सहकारी १९ र ५० करोड भन्दा माथिको वासलात हुने १ वटा सहकारी सञ्चालित छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने