एग्री भ्यालु चेन फाइनान्सिङ कार्यक्रमका लागि नेफ्स्कूनकाे टाेली भारत प्रस्थान


काठमाडाैै‌‌ै । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का सञ्चालकहरुको टोली आज मिति २०७५ जेष्ठ ६ गते भारतको पुना सहरमा हुन गइरहेको Program for ‘Agri Value Chain Financing’ 21-25 May, 2018 कार्यक्रमका लागि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट प्रस्थान गरेकाे छ । 

पाँचदिन सम्म चल्ने उक्त कार्यक्रमका लागि नेफ्स्कून सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारी गरी जम्मा १४ जनाको टोली रहेको छ । कार्यक्रमका सहभागीहरुमा संघका बरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, उपाध्यक्ष पार्वती खाँड राई, कोषाध्यक्ष केशव प्रसाद पोख्रेल, ले.सु.स. संयोजक दामोदर अधिकारी, सञ्चालक सदस्यहरुमा शान्ति अधिकारी, उद्धब सापकोटा, दिपक पनेरु, यज्ञ प्रसाद ढकाल, घनश्याम अधिकारी, गोपा नेपाल, चन्द्राकुमारी खड्का, भरत प्रसाद दवाडी, ले.सु.स. सदस्य विपिन शर्मा मिश्र र संघका कार्यक्रम अधिकृत सचिन भट्टराई रहनुभएको छ । सहभागीहरुलाई संघका महासचिव चन्द्र प्रसाद ढकालले विदाई गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको