सीतापाईला सहकारीले सुरु गर्‍याे स्मार्ट बैंकिङ सेवा


काठमाडौं । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाले स्मार्ट बैैकिङ सेवा सुरु गरेको छ । आफ्ना सदस्यलाई आधुनिक सेवा दिने उद्देश्यले संस्थाले हालै आफ्नो सेवा सार्वजनिक गरेको हो । सेवा लिन सदस्यरुले आफ्नो मोबाईल एप्पस् स्टोरमा गएर सीतापाइला कोअपरेटिभ टाइप गर्नुपर्दछ । त्यसमा संस्थाको लोगो सहितको एप्पस् देखिन्छ । उक्त एप्पस् डाउनलोड गरेपछि संस्थाले सदस्यलाई पिन नम्वर उपलब्ध गराउने जानकारी गराएको छ ।

 

यसपछि सदस्यहरुले सदस्यले आफ्नो खातामा रहेको मौज्दात रकमको जानकारी, आफ्नो खाताको मिनी स्टेटमेण्ट थाहा पाउन सक्ने छन् । उक्त एप्सबाट रकम टान्र्सफर गर्न, मोवाइल रिचार्ज गर्न, टेलिफोन, इन्टर्नेट, बिजुलीको बिल भुक्तानी गर्न पनि सक्ने छन् ।

 

आफुले गरेको कारोवार रकमकाबारेमा मोवाइलमा जानकारी प्राप्त गर्न र आफ्नै मोवाइलबाट भुक्तानी गर्न सक्नुका साथै मोवाइलबाट आन्तरिक हवाइ टिकट काट्न र अन्य धेरै जानकारी लिन सकिने संस्थाले जानकारी दिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको