गरिबी निवारण गर्न राष्ट्रिय गरिबी नीति ल्याइदैं


काठमाडौं, मंसिर १० । सरकारले देशबाट गरिबी उन्मुलन गर्न राष्ट्रिय गरिबी नीति ल्याउने भएको छ । नीति निर्माणका लागि सहकारी तथा गरिबी निवारण मन्त्रालयले गृहकार्य शुरु गरेको छ ।
मन्त्रालयले देशबाट गरिबी उन्मुलन गर्न छिट्टै राष्ट्रिय गरिबी नीति बनाइसक्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता सुरेश प्रधानले नीति निर्मणको चरणमा भएको बताउनुभयो । राष्ट्रिय गरिबी नीतिमार्फत केही वर्षभित्रै देशबाट गरिबी निवारण गर्न सरकारको लक्ष्य छ ।
नीति निर्माणका लागि सहकारी तथा गरिबी निवारण मन्त्रालय तीर्वगतिमा जुटेको छ । मन्त्रालयका प्रवक्ता प्रधानले नीति निर्माणका लागि छलफल तथा गोष्ठी भइरहेको बताउनुभयो । ‘राष्ट्रियरुपमा समेट्नेगरी नीतिको अभाव छ, अभाव पुर्ती गर्न हामी नीति बनाउन लागेका हौै’ उहाँले भन्नुभयो । मन्त्रालयले नीति निर्माणका लागि सरोकारवाला निकायसँग छलफलसमेत शुरु गरिसकेको छ ।
प्रवक्ता प्रधानले अहिले विभिन्न निकायबाट सञ्चालन भइरहेको नीति कलेक्सन गर्ने र समराजईज गर्ने काम सकिसकेको बताउनुभयो । ‘विभिन्न मन्त्रालयबाट गरिबसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन्, ती नीति पनि राष्ट्रिय नीतिमा समेटिने छन्’ उहाँले भन्नुभयो । नीतिका लागि सरोकारवाला निकायसँग छलफल भइरहेको छ । नीति निर्माण गरी एकीकृतरुपमा कार्यक्रम सञ्चालन गर्न सके मात्र छिट्टै गरिबी निवारण गर्न सकिने मन्त्रालयको अपेक्षा छ ।
अहिले प्रधानमन्त्री कार्यालयको मातहातबाट गरिबी निवारण कार्यक्रम, स्थानीय विकास मन्त्रालयबाट गरिबसँग विश्वेश्वरलगायत अन्य मन्त्रालयले गरिबीसँग सम्बन्धित केही कार्यक्रम सञ्चालन गरिरहेका छन् । नीतिले ती सबै कार्यक्रमलाई एकीकृत गर्ने र गरिबी निवारणमा अंहम भूमिका निर्वाह गर्ने मन्त्रालयले विश्वास लिएको छ ।
दुई तीन महिनाभित्र नीतिको मस्यौदा निर्माण गरिसक्ने प्रवक्ता प्रधानले जानकारी दिनुभयो । ‘आउँदो पुससम्म मस्यौदा बनाइसक्ने गरी काम गर्ने तयारीमा छौं’ उहाँले भन्नुभयो । मन्त्रालयले विभिन्न समूह बनाएर राष्ट्रिय नीतिबारे छलफल गर्ने भएको छ । त्यस्तै नीति निर्माणका लागि मन्त्रालयले जिल्लाजिल्लामा पुगेर समेत सरोकारवाला निकायसँग छलफल गर्ने जनाएएको छ ।
मन्त्रालयका सहप्रवक्ता सानुकाजी देसारले ग्रामीण गरिबी र शहरी गरिबीलाई छुट्टाछुट्टैरुपले सम्बोधन गर्ने गरी नीति बनाउन लागिएको बताउनुभयो । ‘गाउँ र शहरमा गरिबीको स्वरुप फरक छ, नीति बनाउँदा पनि फरक ढंगले बनाइने छ’ उहाँले भन्नुभयो । नीतिमा गाउँबाट गरिबी कसरी उन्मुलन गर्न सकिन्छ, शहरमा कस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ लगायतका विषय समेटिने छ । सहप्रवक्ता देसारले नीति निर्माणपश्चात मन्त्रालयले गरिबी निवारणसम्बन्धी प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक