ज्ञान र सीपलाई नेपालको समृद्धिका लागि योगदान दिइने


काठमाडाै‌ं ।  राष्ट्रिय सहकारी महासंघ नेपालले श्रीलंकाली सहकारी अभियानको अध्ययन तथा अवलोकन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेको नेपाली सहकारीकर्मीहरुको एउटा टोलीका लागि अभिमुखीकरण तथा विदाई कार्यक्रमको आयोजना गरेको छ।

 

महासंघका अध्यक्ष केशव प्रसाद बडालद्वारा खादा लगाई विदाई गरिएको उक्त कार्यक्रममा महासंघका सञ्चालकहरु रविन्द्र के.सी., गोविन्द बाराकोटी र चन्द्र प्रसाद ढकाल, महासंघका कार्यक्रम अधिकृत सुरेश थापा तथा अध्ययन अवलोकन भ्रमणका सहभागीहरुको उपस्थिति रहेको थियो ।

 

सो अवसरमा सक्षिप्त मन्तव्य राख्दै महासंघका अध्यक्ष बडालले श्रीलंकाको सहकारी अभियानबाट नेपाली सहकारी अभियानले सिक्नु पर्ने धेरै कुराहरु रहेकाले त्यहाँ विकास भएका सहकारीका असल अभ्यासहरुको नेपाल भित्राएर राष्ट्रको समृद्धिको यात्रालाई सफल बनाउन आग्रह गर्नुभयो ।

 

त्यस्तै महासंघका सञ्चालक तथा राष्ट्रिय किसान आयोगका सदस्य रविन्द्र के.सी.ले श्रीलंकाको सहकारी अभियान सहकारी र सरकारवीचको उदाहरणीय सहकार्य भएकोे विचार व्यक्त गर्नुभयो ।

 

मन्तव्य व्यक्त गर्ने महासंघका अर्का सञ्चालक तथा भ्रमण टोलीका प्रमुख गोविन्द बाराकोटीले श्रीलंकाली सहकारी अभियानको अध्ययन तथा अवलोकन भ्रमणबाट प्राप्त ज्ञान र सीपलाई नेपालको समृद्धिका लागि योगदान दिने प्रण गर्नुभयो । उक्त अध्ययन भ्रमण कार्यक्रममा टोली नेता महासंघका संचालक गोविन्द वाराकोटी, राष्ट्रिय सहकारी विकास वोर्डका सह—अध्यक्ष दक्ष पौडेल, महासंघका संचालक चन्द्र प्रसाद ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय एवं सहकारी विभागका प्रतिनिधि लगायतका सहकारीकर्मीहरू १३ जनाको सहभागिता रहेको छ ।

 

महासंघका कामु. महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले सो कार्यक्रमको सहजीकरण गर्दै अध्ययन भ्रमण कार्यक्रम तालिकावारे विस्तृत रूपमा जानकारी गराउनु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको