सहकारीको हिसाब पारदर्शी राख्न सुझाव


भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि।को बित्तीय सेवा प्रवद्र्धन उपसमितिद्धारा आयोजित दुईदिने पल्र्स अनुगमन तालिम सम्पन्न भएको छ ।

 

कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले सहकारी र स्थानिय निकाय मिली विभिन्न कार्यमा लगानी गर्न सक्ने चर्चा गर्दै सहकारीको हिसाब पारदर्शी रुपमा राख्न र संस्थाको बास्तबिक आवस्था थाहा पाउन पल्र्स अनुगमन तालिम उपयुक्त हुने बताउनुभयो ।

 

सहकारी सम्बन्धी कानुन निर्माण गर्ने अधिकार स्थानीय तहलाई भएको हुँदा जनहितका कार्यहरु स्थानी तह र सहकारी संस्थाहरुबीच सहकार्य गरी अगाडि बढेन सक्ने विचार व्यक्त गर्नुभयो ।

काठमाडौं महानगरपालिका लगायत १० वटा नगरपालिकाहरुले फोहर सफाई गर्न निजी क्षेत्रलाई ठेक्कामा दिएको बारे चर्चा गर्दै उहाँले सबै काम ठेक्कामा गर्न दिने हो भने स्थानीय तहको काम के हो भनी प्रश्न गर्नुभयो ।

 

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि।का अध्यक्ष कृष्णगोविन्द लाखाजुले पल्र्स अनुगमन तालिमले सहकारीको आर्थिक अवस्था सजिलै थाहा पाउन सकिने बताउनुभयो । आयोजक उपसमितिका संयोजक कान्छाभक्त घजुको सभापतित्वमा भएको कार्यक्रममा प्रशिक्षक उद्धव प्रसाद चौलागाई र बाबुराम न्यौपानेले प्रशिक्षण दिनुभएको थियो ।

 

राजकुमार लघुले स्वागत मन्तव्य, राजाराम गोसाईले धन्यवाद मन्तव्य, कृष्णश्वरी ह्यौंमिखाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । सहभागीहरु मध्येबाट नालाछाप महिला साकोसका सजिता थापा, शरद साकोसका राजाराम बासीले अनुभव मन्तव्य राख्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम