सहकारीकर्मी चढेको बस खस्दा १३ को मृत्यु, आठ घाइते


पाल्पा, जेठ १८ । लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनको अध्ययन अवलोकन भ्रमणमा निस्केको सहकारी टोली चढेको बस भीरबाट खस्दा १३ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । सडकबाट करीब १५० मिटर तल खसेको बसमा संहकारी संस्थासँग आबद्व २७ जना सवार थिए । घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । गएरातिदेखि अविरल वर्षाका कारण उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रहरी उपरीक्षक दिल्लीराज पन्तका अनुसार सदरमुकाम तानसेनबाट रामपुरतर्फ जाँदै गरेको लु२ख ९७५ नं को बस बस दुर्घटना  पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा दुर्घटना भएको हो ।

 

 

मृत्युु हुनेमा तानसेन ४ का विष्णुमान बज्राचार्य, तानसेन ३ का देवेन्द्रलाला प्रधान, तानसेन ३ कृष्णमान बज्राचार्य,तानसेन ३ का छत्रमान शाक्य,तानसेन ६ का सुशिलप्रसाद श्रेष्ठ,तानसेन ४ का कृष्णबहादुर बोहोरा,तानसेन ६ का दुर्गाबहादुर सारु,तानसेन २ का लोकनाथ ढकाल,तानसेन ३ का बसन्ती खाण,तानसेन ६ का गिता बुढाथोकी ,तानसेन ३ कमला कार्की रहेका छन । कमला कार्की लुम्विनी मेडिकल कलेजमा र सचिन बज्राचार्य मिसन अस्पतालमा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको हो ।

बस दुर्घटनामा डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख, सस्थाका अध्यक्षको समेत निधन भएको छ ।

 

 

अन्य घाइतेहरुमा प्रफुल्ल शर्मा,विमल रन्जन,उत्तम कुमार बज्राचार्य,ओम मलेगो,मिना खाम्चा,मुना सारु,अर्जुन थापा र प्रविण बज्राचार्यको उपचार भैरहेको छ । घाईत मध्य प्रविण बज्रार्चायको लुम्विनी मेडिकल कलेज र अन्यको मिसन अस्पतालमा उपचार भैरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम