आर्थिक समृद्धि पत्येक घर र महिलाबाट शुरु हुनुपर्छ


काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लि। नेपालको आयोजनामा डडेल्धुरामा भएको सहकारीले महिला तथा युवाको सशक्तिकरणमा पारेको प्रभाव विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रदेश ७का प्रदेश सभा सदस्य माननिय कर्णबहादुर मल्लले गर्नुभएको थियो ।

 

सहकारी विभागको सहयोग र जिल्ला बचत तथा ऋण सहकारी संघ डडेल्धुराको संयोजनमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य मल्लले प्रदेश ७ को अगामी ३० जेठमा आउन लागेको बजेटमा सहकारीलाई प्राथमिकतामा राखिएको बताउँदै समृद्ध मुलुक निर्माणका लागि सहकारी मोडेललाई आत्मसाथ गर्नुपर्ने बताउनुभयो । ‘समृद्ध भनेकै बेरोजगारबाट रोजगारतर्फ, अभावबाट पूर्णतातर्फ जानु हो । त्यसैले यो सबैलाई सम्बोधन गर्नका लागि सहकारीको योगदान र भूमिका महत्वपूर्ण छ,’ उहाँले भन्नुभयो । उहाँले आर्थिक समृद्धि पत्येक घर÷घरबाट र महिलाबाट शुरु हुनुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले प्रदेश र स्थानीय तहमा निर्माण हुने सहकारी ऐन सहकारीमैत्री भएको खण्डमा मात्र सहकारीले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दै आम समुदायको जीवनस्तरमा योगदान दिन सक्ने बताउनुभयो । उहाँले स्थानीय तथा प्रदेशले आफ्ना प्रत्येक गतिविधिमा सहकारीकर्मीको सहभागीता गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश २ र ७ नम्बरमा सहकारीको प्रवद्र्धन, विकास र प्रशिक्षणको आवश्यकता महसुर गरेर नै राष्ट्रिय सहकारी महासंघले यी क्षेत्रमा कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।

उहाँले सहकारी क्षेत्रमा महिलाको सहभागीता उत्साहजनक रहेको र उनीहरुलाई उद्यमी बनाउनका लागि सहकारीले योगदान दिन सक्ने बताउनुभयो । ‘महिला शसक्तिकरणका लागि महिला आर्थिक रुपमा दह्रो हुनै पर्छ । त्यसका लागि सहकारीमार्फत व्यवसायतर्फ उन्मुख हुनुपर्छ । महिला शसक्त हूँदा पत्येक घर बलियो हुने भएकाले पनि महिलालाई फोकस गर्नुपर्छ’ उहाँले बताउनुभयो ।

 

आलिताल गाउँपालिकाका उपाध्यक्ष ज्वाला बोगटीले एक ठाउँ एक उत्पादनलाई प्रोत्साहन गर्ने गरी सहकारीलाई आफ्नो स्थानीय तहले बजेट छुट्टाएको बताउनुभयो । अमरगढी नगरपालिकाका उपप्रमुख संगीता भण्डारीले सहकारीमा महिलाको गुणात्मक सहभागीताको आवश्यकता औल्याउँदै स्थानीय तहले सहकारीसँग मिलेर समृद्धको बाटो पहिल्याउने बताउनुभयो । जिल्ला कृषि सहकारी संघका अध्यक्ष धनबहादुर शाहीले सरकारले सहकारीलाई हेर्ने दृष्टिकोण सकारात्मक भए यसले नयाँ उचाई चुम्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका कावा प्रमुख रामचन्द्र अवस्ती, भागेश्वर गाउँपाकिलाका अध्यक्ष कौशिल्या भट्ट, अजयमेरु गाउँपाकिलाका उपाध्यक्ष कमलावलती भाणँ, नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष डम्बर ओलीलगायतको उपस्थिति थियो ।

 

एक दिने अन्तक्रिर्या कार्यक्रममा सुदुरपश्चिम बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक तथा सहकारी विषयमा पिएचडी गर्दै गर्नुभएका रुपा जोशीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि।की संचालक कमला विष्टले कार्यक्रम संचालन गर्नुभएको थियो । सो अवसरमा जिल्ला बचत तथा ऋण सहकारी संघले नेपालबाट पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्डमा निर्वाचित हुनुभएको राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ललाई सम्मान गरेको थियो । साथै डडेल्धुराका सात वटै स्थानीय तहका निर्वाचित जन प्रतिनिधिहरुलाई समेत सो अवसरमा सम्मान गरिएको थियो । सो कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सहकारीकर्मीसहित २ सयभन्दा बढिको सहभागीता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम