हरेक क्षेत्रमा सहकारीले काम गर्न पाउनुपर्छ


काठमाडाैं ।  राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारलगायतका आधारभूत आवश्यकताका विषयमा सहकारीले सहज रुपमा काम गर्ने वातावरण सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । उहाँले नेपालको सविधानले सहकारीलाई हरेक क्षेत्रमा काम गर्न पाउने उल्लेख गरेको बताउनुभयो ।

 

राष्ट्रिय सहकारी महासंघको आयोजनामा काभ्रेको धुलिखेलमा आयोजीत सम्पत्ति शुद्धिकरण एवं सहकारी तथा गरिवी निवारण सूचना प्रणाली सम्बन्धी दुई दिने तालिमको सामापन कार्यक्रममा बोल्दै अध्यक्ष बडालले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारीको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहकारी क्षेत्रलाई स्थानीय तहले जुन रुपमा बुझ्नुपर्ने थियो त्यो हिसाबले नबुझेको पाइएको छ । यसका लागि सहकारीकर्मीहरुको भूमिका आवश्यक रहेको देखिन्छ ।’

 

उहाँले सहकारी क्षेत्रले आधुनिक प्रविधिलाई अवलम्बन गरेर आफ्नो उत्पादन र सेवालाई प्रतिस्पर्धामा खरो रुपमा उभिन सक्ने बनाउनुपर्ने बताउनुभयो । ‘हामीले आजको प्रविधिलाई समात्न सकेनौं भने हामी पछाडी पछौं । त्यसैले प्रविधिलाई अवलम्बन गर्न पनि म सहकारीहरुलाई अनुरोध गर्दछु,’ उहाँले भन्नुभयो । उहाँले सहकारी समाजीक व्यवसाय भएकाले स्वच्छ, पारदर्शी र नीति नियममा रहेर सहकारी सिद्धान्तमा निष्ठ भएर यो व्यवसाय संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सो समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले काभ्रेका कोशीपारी, डाँडापारीजस्ता विकेट ठाउँमा सहकारीले वित्तिय पहुँच पु¥याएको औल्याउँदै भन्नुभयो, ‘सहकारी नपुगेको कुनै वडा छैन । तर स्थानीय सरकारले अहिले पनि कतिपय पालिकाको योजनाको पैसा लिन धुलिखेल नै धाउनुपर्ने अवस्था छ । यसको अन्त्य गरिनुपर्छ ।’ उहाँले यो तालिम संचारकर्मीका लागि समेत आवश्यक रहेको औल्याउँदै आगामी दिनमा सहकारीका तालिमहरुमा संचारकर्मीका लागि समेट कोटा निर्धारण गर्न अनुरोध गर्नुभयो । जिल्ला सहकारी संघ लि काभ्रेका अध्यक्ष विनोद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि। नेफ्स्कूनका संचालक उद्धव सापकोटाको समेत उपस्थिति थियो ।

 

आइतबारबाट शुरु भएको सो तालिमका प्रशिक्षण हरि नेपाल र राजन दाहालले प्रशिक्षण दिनुभएको थियो । तालिमका जिल्लाभरिका ५० भन्दा बढिको सहभागीता रहेको थियो । तालिममा सहभागी अम्बिका तिमल्सिना र राजेन्द्र प्रसाद प्याकुरेलले तालिम निकै महत्वपूर्ण रहेको र सबै सहकारीका जिम्मेवार पदाधिकारी र व्यवस्थापनले यो तालिम लिनुपर्ने धारणा राख्नुभएको थियो । सो कार्यक्रम जिल्ला सहकारी संघका दिलिप शर्माले संचालन गर्नुभएको थियो । महासंघका कार्यक्रम अधिकृत सुरेश थापाले तालिमको सहजीकरण गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको