प्रदेश ७ : सहकारी ऐन बनाउन कमिटी गठन


धनगदी । प्रदेश सातमा सहकारी ऐन बनाउन कमिटी गठन भएको छ । सहकारी ऐन निर्माणको क्रममा रहेकाले ऐन सुझावका लागि कमिटी गठन भएको हो ।
प्रदेशको सहकारी ऐनलाई संयोजन गर्न बहुउद्देश्यीय केन्द्रीय संघको सञ्चालक सुरेन्द्रकुमार शाहको संयोजकमा प्रदेशस्तरीय समन्वय समिति गठन भएको हो । समितिमा प्रत्येक नौ जिल्लाका एक एक जना र कैलाली र कञ्चनपुरका थप एकएक जना सहभागी छन् । उक्त समितिले केन्द्रीय संघसँग समन्वय गरी मस्यौदा बनाउने र उक्त मस्यौदा प्रदेश ७ लाई पेश गर्ने संघका सञ्चालक नरेन्द्र विष्टले जानकारी दिनुभयो ।

 

बहुउद्देश्यीय केन्द्रीय संघले आयोजना गरेको प्रदेशस्तरीय कार्यक्रममा बोल्दै प्रदेश प्रमुख मोहनराज मल्लले सहकारीका माध्यमबाट उत्पादन बढाएर जाने बताउनुभयो । सहकारीबिना आर्थिक विकास सम्भव नभएको भन्दै उहाँले प्रदेशले सहकारीलाई उच्च प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल बहुउद्देश्यीय केन्द्रीय संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बुहउद्देश्यीय सहकारीको प्रवद्र्वन गर्न केन्द्रीय पदाधिकारीको टोली प्रदेश दौडाहमा निस्केकको जानकारी दिनुभयो ।

बहुउद्देश्यीय केन्द्रीय संंघले प्रदेशस्तरीय कार्यक्रमको आयोजना गर्दै आएको छ । केन्द्रीय अध्यक्ष भण्डारीसहित उपाध्यक्ष नारायणभक्त श्रेष्ठ, सचिव माधव तिमिल्सिना, कोषाध्यक्ष पुष्प पौडेल, सञ्चालक नरेन्द्र विष्ट, भुपेन्द्र अधिकारी, मनाेज थापाकाे उपस्थिति रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम