कृषक र उपभोक्ताको हित हुनेगरी काम गर्न आग्रह


ललितपुर । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले कृषक र उपभोक्ताको हित हुने गरी काम गर्न आग्रह गरेका छन् । जिल्ला कृषि सहकारी संघ लि ललितपुरको कार्यालय उद्घाटन गर्ने क्रममा कृषक र उपभोक्ताको हित हुने खाले कार्यक्रम ल्याउन बडालले सुझाव दिनुभयो ।

ललितपुर जिल्ला आधा शहरी र आधा ग्रामीण क्षेत्र भएको जिल्लामा सहकारीमार्फत कृषि उत्पादनमा विशेष जोड दिनुपर्ने उहाँको भनाई थियो । कृषि सहकारीको ठूलो सम्भावना रहेकोले यहाँका कृषक र उपभोक्ताको हित हुने गरी संघले काम गर्न सक्ने बडालको भनाई थियो ।

कार्यक्रममा कृषि जिल्ला सहकारी संघका अध्यक्ष ओमदेवी मल्लले यस संघमार्फत ललितपुर जिल्लाका कृषकहरूलाई व्यवसायिक बनाउन जोड दिइने बताउनुभयो । कृषकको जीवन स्तर माथि उठाउन कृषि संघले उल्लेख्य भूमिका खेल्ने उनको भनाई थियो । सबल संघका रूपमा स्थापित गर्न आफ्नो टिम लागि पर्ने उनले प्रतिवद्वता व्यक्त गर्नुभयो ।

कार्यक्रममा राषट्रिय सहकारी महासंघका सञ्चालकहरू माधव दुलाल, सुरेन्द्र भण्डारी, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोख्रेल, बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेती लगायतको उपस्थिति थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम