सहकारी स्थानीय तहमा हस्तान्तरण


धनकुटा । डिभिजन सहकारी कार्यालय धनकुटाले स्थानीय तहलाई सहकारी संस्था हस्तान्तरण गरेको छ । सो कार्यालयले दुई दिने कार्यक्रमको आयोजना गरि जिल्लामा रहेका २ सय १ ओटा सहकारी संस्था सात स्थानीय तहलाई हस्तान्तरण गरेको हो । दर्ता भई सञ्चालनमा रहेका ३ सय ८ सहकारी संस्था मध्ये २ सय ८१ ओटा सहकारी संस्थाको अभिलेख स्थानीय तहलाई हस्तान्तरण गरिएको डिभिजन सहकारी कार्यालय धनकुटाका सहायक सहकारी निरिक्षक मिनप्रसाद सुवेदीले बतउनुभयाे ।

हस्तान्तरण गरिएको सहकारी मध्ये धनकुटा नगरपालिकालाई ६४, महालक्ष्मी नगरपालिकालाई ५७, पाख्रिवास नगरपालिकालाई ३, सहिदभूमि गाउँपालिकालाई १८, चौविसे गाउँपालिकालाई ३०, छथरजोरपाटी गाउँपालिकालाई ४४ र साँगुरीगढी गाउँपालिकालाई ३० ओटा सहकारी संस्थाको अभिलेख हस्तान्तरण गरिएको सुवेदीले जानकारी दिनुभयाे ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको