सहकारीका अध्यक्ष पक्राउ


धनकुटा । ५५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा सहयात्री कृषि संस्थाका अध्यक्ष तिलकबहादुर यसमाली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको टोलीले अध्यक्ष यसमालीलाई बिहीबार पक्राउ गरेको हो । सहकारीको रकम हिनामिना गरी फरार रहेको भन्दै पक्राउ गरी उपस्थित गराउन जिल्ला प्रशासन कार्यालयले गत असार २३ गते प्रहरीलाई पत्राचार गरेको थियो । धनकुटा नगरपालिका वडा नम्बर ७ हुलाक टोलस्थित सहयात्रीको पैसा हिनामिना गरेको आरोप यसमालीमाथि लागेको छ । उनलाई जिल्ला प्रशासन कार्यालय पठाई थप अनुसन्धानका लागि हिरासतमा ल्याइएको धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयाे ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी अध्ययनका लागि नेफ्स्कून अगुवाईको टोली भारत भ्रमणमा जाँदै
गतिशील साकोस प्रोबेसन कार्यक्रममा आबद्ध
महालक्ष्मी साकोसको २१औं बार्षिक साधारणसभा सम्पन्न
कास्कूनको आयोजनामा एक दिवसीय ऋण परामर्श तालिम