सहकारी पारदर्शी हुनुपर्नेमा जाेड


 काठमाडाै‌ैं ।  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभागको आयोजनामा राष्ट्रिय सहकारी महासंघका सदस्य संघका पदाधिकारीहरुका लागि सूचनाको हक सम्बन्धि अन्तक्रिया कार्यक्रम मिति २०७५ असार ३ गते सम्पन्न भएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले सहकारीका सदस्यहरुले आफ्नो गतिविधिहरु पारदर्शी रुपमा सदस्यसमक्ष सार्वजनिक गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ ।
सो कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले महासंघले मन्त्रालय र विभागसँग मिलेर सहकारी सन्देश नियमित प्रकाशित गरि सूचना प्रवाह गरिरहेको बताउनुभयो । उहाँले सूचना आयोगसँग मिलेर तल्लो तहसम्म सूचना प्रवाह गर्न आफू प्रतिबद्ध रहेको बताउनुभयो ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको संरक्षण, सर्वद्धन र प्रचलनमा सहकारी क्षेत्रको दायित्व विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले सहकारीका मूल्य र मान्यता अनुरुप सहकारी संघ÷संस्थाहरुले जवाफदेही र पारदर्शी ढंगले सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो । साथै उहाँले सहकारी संघ÷संस्थाको प्रगति विवरणहरु सदस्यहरुमा जानकारी गराएको खण्डमा सहकारीले जनताको विश्वास प्राप्त गर्ने बताउनुभयो ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपिनाथ मैनालीले २१ औं शताब्दीमा सूचना लुकाएर होइन देखाएर आम सदस्यको विश्वास जित्न सकिने बताउनुभयो । उहाँले सहकारीकर्मीहरु सूचना हकको अभियान्ताका रुपमा प्रस्तुत हुनुपर्ने आग्रह गर्नुभयो ।
आयुक्त यशोदा तिम्सिना र किरण पोखरेलले सूचनाको हकको मालिक अन्ततः जनता भएकाले जनताको घर दैलोमा सूचना पु¥याउँन सहकारी महासंघले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो ।
सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीले सहि सूचना संप्रेषणमा सहकारी संघ÷संस्थाहरु अग्रपंक्तिमा रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।
राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य दिपक प्रसाद पौडेल, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक, काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेकप्रसाद चौलागाई, सहकारीकर्मी राजेन्द्र डुमरुले टिप्पणी गर्नुभएको थियो । सो अन्तक्रियामा विषयगत केन्द्रीय सहकारी संघका अध्यक्ष तथा पदाधिकारीहरु, सहकारी अभियानका अगुवाहरुको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न