बैकिङ तथा क्रेडिट सहकारीको क्षमता विकास कार्यक्रममा नेपालको सहभागिता


कुपण्डोल, असार ३ । दक्षिण कोरियामा अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रको आयोजनामा हुने क्रेडिट तथा बैकिङ सहकारीको क्षमता विकास कार्यशाला गोष्ठीमा राष्ट्रिय सहकारी बैंंकको प्रतिनिधित्व हुने भएको छ । उक्त कार्यक्रमका लागि बैंकका अध्यक्ष रमेश पोखरेल आइतबार दक्षिण कोरिया प्रस्थान गर्नुभएको छ ।

एक कार्यक्रम बिच पोखरेललाई प्रबन्धक संचालक केबि उप्रेती तथा उच्च व्यवस्थापनका कर्मचारीहरुले विदाई गर्नुभयो। सो कार्यक्रम १८ जुनदेखि २३ जुन २०१८ सम्म संचालन हुने छ। सो अवसरमा उहाँले कन्ट्री रिपोर्ट पनि प्रस्तुत गर्नुहुने छ भने विभिन्न सफल क्रेडिट युनियन तथा वित्तिय कारोबार गर्ने सस्थाहरुको अवलोकन भ्रमण गर्ने कार्यक्रम समेत रहेको छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको