पर्ल्स अनुगमन तालिम सम्पन्न


काठमाडौँ । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय चापागाउँको आयोजनामा पल्र्स अनुगमन सम्बन्धी तालिम सम्पन्न भएको छ । तालिम जेठ २८ गतेदेखि ३० गते सम्म संचालन भएको थियो ।

तालिम कार्यक्रम समापनको अबसरमा बैंकको चापागाउँ शाखाका प्रमुख रामशरण सापकोटाले आगामी दिनहरुमा समेत सदस्य संस्थाहरुको आवश्यकता अनुसारका तालिम कार्यक्रम शाखाले संचालन गर्ने जानकारी गराउनु भयो, सो अबसरमा तालिम विभागका प्रमुख रामबाबु आचार्यले तालिममा सहभागीहरुलाई तालिम प्रमाणपत्र प्रदान् गर्दै सहभागीहरुलाई तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा उतार्न आग्रह गर्नुभयो ।

३ दिन सम्म संचालन भएको तालिम कार्यक्रममा चापागाउँ क्षेत्रका विभिन्न सहकारी संघरसंस्थावाट ३२ जना प्रतिनिधिहरुको सहभागीता रहेको थियो, तालिमलाई सहकारी प्रशिक्षक अनिलवीर बज्राचार्यले सहजीकरण गर्नु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको