नेफस्कुन प्रदेश ३ को बैठक : केन्द्र र प्रदेशले सहकारीलाई उपेक्षा गर्‍याे


धादिङ । सहकारीलाई केन्द्रीय सरकार र प्रदेश सरकारले बजेटमा उपेक्षा गरेको गुनासो गरेका छन् । धादिङमा आयोजित नेपाल बचत तथा ऋण केन्दीय सहकारी संघ (नेफ्सकुन)को ३ नम्बर प्रदेश उपसमितीको बैठकका अवसरमा बोल्ने वक्ताहरुले सरकारले बजेटमा सहकारीलाई प्राथमिकता दिन नसकेमो दुःख व्यक्त गरे ।

 

कार्यक्रममा बोल्दै प्रदेश ३ का भूमिसुधार, कृषि तथा सहकारी मन्त्री दावा लामाले आउँदो असारसम्म सहकारी कानुन निर्माण भइसक्ने बताउनुभयो । कानुनले सहकारीलाई उच्च प्राथमिकता दिने उहाँको भनाई थियो । जडिबुटी, पशुपालनजस्ता क्षेत्रमा सहकारीले व्यवसायिकरण गर्न सक्नुपर्ने उहाँको भनाई थियो । उहाँले सामुदायिक वनक्षेत्रभित्र सहकारीले घाँस खेती गरे सरकारले अनुदान दिने बताउनुभयो ।

 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले प्रदेश ऐनलाई सहकारीमैत्री बनाउन आवश्यक भएको बताउनुभयो । प्रदेश ऐनसँग बाँझिने अन्य स्थानीय ऐनलाई संशोधन गरी सहकारीमैत्री वातावरण निर्माण गरी सहकारीलाई उत्पादनशील क्षेत्रमा केन्द्रीत गर्न आवश्यक भएको बताउनुभयो ।

 

नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतले बचतको पैसा सदस्यले कृषिलगायत उत्पादन क्षेत्रमै ऋण लगेको बताउनुभयो । सदस्यको हितमा संस्थाले लगानी केन्द्रीत गर्नुपर्ने उहाँको भनाई थियो ।

 

नेफ्स्कुनका महासचिव चन्द्रप्रसाद ढकालले पछिल्लोसमयमा नेफ्स्कुनका कार्यक्रमलाई सरकारले स्वीकार गरेको बताउनुभयो । सहकारीले प्रदेश र स्थानीय तहसँग सहकार्य गरी आफ्ना कार्यक्रम लैजानुपर्ने उहाँको भनाई थियो ।

 

जिल्ला सहकारी संघ धादिङका अध्यक्ष नेत्रराज पौडेलले स्थानीय तह र सहकारी मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

 

निलकण्ठ नगरपालिका प्रमुख भीम ढुंगानाले स्थानीय तहमा कार्यालय हस्तान्तरण गर्ने कुरामा प्रगति हुन नसकेको बताउनुभयो । केन्द्रीकृत मानसिकताका कारण स्थानीय तहले प्रगति गर्न नसकेको उहाँको भनाई थियो ।

 

 

कार्यक्रमका अध्यक्ष समेत रहेका नेफ्स्कुन प्रदेश नम्बर ३ का संयोजक दीपक पनेरुले प्रदेश ३ मा सहकारीको संख्या उल्लेख रहेको बताउनुभयो । ‘सहकारीमार्फत संमृद्व प्रदेश बनाउन सकिन्छ’ उहाँले भन्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न