सज्जन महिला सहकारीको तीन वर्षे रणनैतिक योजना तयार


काठमाडौं । सज्जन महिला बचत तथा ऋण सहकारी संस्थाले तीन वर्षे रणनैतिक योजना निर्माण गरेको छ । राजधानीमा तीनदिनसम्म गोष्ठी आयोजना गरेर संस्थाले तीन वर्षे रणनैतिक योजना निर्माण गरेको हो ।

संस्थाको सात करोड रहेको पुँजीलाई आगामी तीन वर्षभित्र दोबर वृद्धि गरी १५ करोड रुपैयाँ पुर्‍या उने लक्ष्य लिएको छ । त्यस्तै संस्थाले तीन वर्ष भित्र १५०० सदस्यहरु थपी २५०० पुराउने उने लक्ष्य लिएको छ ।

संस्थाका अध्यक्ष सिमा पुरीले संस्थाले सदस्यहरुको हितलाई ध्यानमा राखी रणनैतिक योजना तर्जुमा गरेको जानकारी दिनुभयो । रणनैतिक योजना पूरा हुनेमा उहाँ विस्वस्त रहेको बताउनुभयो ।

 

गोष्ठीमा संस्थाका संचालक समिति, लेखा समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, महिला परिचालन उपसमिति र युवा समितिका पदाधिकारीहरु तथा संस्थाका सक्रिय सदस्यहरुको सहभागिता रहेको थियो । गोष्ठीको सहजीकरण तथा प्रशिक्षण मनास्लु बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजेन्द्र पौडेलले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको