विश्व ऋण परिषद्सँग जोडियो नेफ्स्कुन
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन) विश्व ऋण परिषद्(woccu) सँग जोडिएको छ। नेफ्स्कुनले सदस्यका लागि आह्वान गरेको केही समयपछि विश्व ऋण परिषद्ले सदस्यता दिने निर्णय गरेको हो ।
विश्व ऋण परिषद्को सिंगापुरमा हुने आउँदो साधारणसभाका अवसरमा सदस्यताको शपथ ग्रहण गर्ने छ । उक्त कार्यक्रममा नेफ्स्कुनका अध्यक्ष डिबी बस्नेतको नेतृत्वमा नेफ्स्कुनको प्रतिनिधित्व हुने तय भएको छ ।
यसअघि नेफ्स्कुन एशियाली ऋण महासंघमार्फत विश्व ऋण परिषद्सँग अप्रत्यक्षरुपमा जोडिएको थियो । नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष परितोष पौड्यालले विश्व ऋण परिषद्सँग प्रत्यक्ष जोडिन पाएकोमा खुसी व्यक्त गर्नुभयो । ‘अब संस्थागत सुशासनका पक्षमा काम गर्न सजिलो हुनेछ’ उहाँले भन्नुभयो । पौड्यालले विश्व ऋण परिषद्को सदस्यता प्राप्तिपछि विधि, प्रविधि आत्मासात गर्न सजिलो हुने बताउनुभयो ।
नेफ्स्कुनले एशियाली ऋण महासंघ –अक्कु)कोे सहकार्यमा साकोसको एक्सेस ब्रान्डिङ गर्दै आएको छ ।