राष्ट्रिय सहकारी बैक टाेलीले गर्यो भेरी सहकारीको अवलोकन


बाँके। राष्ट्रिय सहकारी बैक लिमिटेडका पदाधिकारीहरुको टोलीले भेरी सहकारी वित्तीय संस्था लि।को अवलोकन भ्रमण गरेको छ ।
उक्त अवसरमा संस्थाका अध्यक्ष बसन्त लामिछानेले संस्थाको गतिविधिबारे प्रकाश पार्नु भएको थियो भने राष्ट्रिय सहकारी बैक लिमीटेडका अध्यक्ष रमेश प्रसाद पोखरेलले नि राष्ट्रिय सहकारी बैकको सेवाबारे जानकारी गराउनुभएको थियो । उहाँले संस्था र बैकबीचको सुमधुर समबन्धलाई अझ बढी प्रगाढ बनाउन सहकार्य आवश्यक भएको बताउनुभयो ।
सो अवसरमा राष्ट्रिय सहकारी बैक अध्यक्षका रमेश प्रसाद पोखरेलसहित प्रबन्ध संचालक केवि उप्रेती, संचालक हरिहर नाथ योगी, संचालकहरु राम बहादुर जिसी, ज्ञान बहादुर तामाङ, शाखा प्रमुख किरण उपस्थित हुनुहुन्थ्याे ।

संस्थाका तर्फबाट कार्यकारी निर्देशक सुशीला शर्मा, संचालक सदस्य अन्जु शर्मा, व्यवस्थापक देव जंग शाह , स. व्यवस्थापक शोभा गुरुङ्ग, लेखा अधिकृत अमृत थापा क्षेत्रीको उपस्थिती रहेको थियो ।  त्यस्तै राष्ट्रिय सहकारी विकास वोर्ड सदस्य  देव बहादुर के.सी,  जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, संघकै संचालक  प्रकाश ज्ञवाली उपस्थित हुनुहुन्थ्याे ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनकपुरमा कर्मचारीहरुका लागि लेखा व्यवस्थापन तालिम सुरु
मन्थली साकोसको २४औं वार्षिक साधारण सभा सम्पन्न
३ दिने सियुएलसीसी तालिम सम्पन्न
सिद्धिविनायक साकोसको १४औं बार्षिक साधारणसभा सम्पन्न