काेपोमिसले सहकारी परदर्शी बनाउँछ‍- सचिव मैनाली


ललितपुर ।  जिल्ला कृषि सहकारी संघ लि. ललितपुरको आयोजनामा भएको सहकारी तथा गरिवी निवारण सूचना प्रणाली सम्बन्धी मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा असार १३ गते देखि सो प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु भएको थियो ।
राष्ट्रिय सहकारी महासंघको सभाहलमा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारीलगायत अन्य क्षेत्रमा समेत प्रविधिको व्यापक प्रयोगको आवश्यकता औल्याउनुभयो

 

उहाँले कोपोमिसले सहकारी तथा गरिवी निवारणको क्षेत्रमा महत्वपूर्ण कार्य गर्ने बताउँदै पछिल्लो समय स्थानीय सरकारलाई सो विषयमा तालिम दिइरहेको समेत जानकारी गराउनुभयो । सहकारीलाई व्यवस्थित बनाइ पारदर्शीरुपमा संचालन गर्नका लागि कोपोमिसले योगदान दिने बताउनुभयो । उहाँले तालिम समापनसँगै सहभागीहरुको कर्म शुरु भएको बताउनुभयो । 

 


समापन कार्यक्रमको अध्यक्षता गर्नुभएका जिल्ला कृषि सहकारी संघ लि. ललितपुरका अध्यक्ष ओमदेवी मल्लले तालिममा सिकेको कुरालाई व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिनुभयो । अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष समेत रहनुभएको मल्लले ललितपुर जिल्ला कृषिको ठूलो सम्भावना भएको जिल्ला भएकाले जिल्ला कृषि सहकारी संघ र यस क्षेत्रका संस्थाहरुलाई नमुना बनाउने प्रतिबद्धता समेत जायर गर्नुभयो । ०५६ सालमा दर्ता भएको भए पनि केहि समय निस्कृय रहेको जिल्ला कृषि सहकारी संघलाई सक्रियरुपमा अगाडी बढाउनका लागि आफू लागि परेको बताउनुभयो । संघमा जिल्लाका १ सय ४१ कृषि सहकारी संस्था आवद्ध रहेका छन्।

 


राष्ट्रिय सहकारी महासंघका संचालक पदम दाहालले तालिमले सिपलाई तिखार्ने भएकाले नियमित रुपमा तालिम संचालन हुनुपर्ने धारणा राख्नुभयो ।
सहभागीकोतर्फबाट सत्यनारायण कृषि सहकारी संस्थाका सन्तोष कार्कीले अभ्यासले मान्छेलाई क्षमतावान बनाउने भएकाले नियमित अभ्यास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँलले ललितपुरमा कृषिको ठूलो सम्भावना भएकाले उत्पादनसँग सम्बन्धित तालिमको समेत आवश्यकता औल्याउनुभयो । 

 


त्यसैगरी, झरुवारासी महिला कृषि सहकारी संस्थाका अध्यक्ष शोभा सुवेदीले सुचना प्रविधिसँग कृषिलाई जोड्न आवश्यकता रहेको महसुस भएको बताउँदै कोपोमिसको विषयमा महत्वपूर्ण जानकारी प्राप्त भएको बताउनुभयो । उहाँले निरन्तर प्रशिक्षणको आवश्यकता रहेको बताउँदै दुई पुस्तालाई एकै ठाउँमा अनुभव आदान प्रदान गर्ने अवसर समेत तालिमले दिएको बताउनुभयो । उहाँले महिलालाई आत्मनिर्भर बनाउन सकेको खण्डमा मात्र घरभित्र र समाजको नीति निर्माण तहमा उनीहरुको पहुँच विस्तार हुने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको