ऐनभन्दा पर गएर नियमावली बन्दैन : सचिव


काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी ऐनभन्दा पर गएर सहकारी नियमावली नबन्ने प्रष्ट पार्नुभएको छ ।  अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सहकारी हकहित राष्ट्रिय समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मैनालीले छिट्टै नै सहकारी नियमावली ल्याइने बताउनुभयो । सहकारी ऐनमा धेरै कुरा सुधार गर्नुपर्ने आवश्यकता औल्याउँदै मैनालीले नियमावली आएपछि मात्र सबै कुरा प्रष्ट हुने बताउनुभयो।

 

‘अहिले सहकारी ऐन संशोधन गरेर मात्र नियमावली ल्याउने तयारी सुरु भएको छ’ उहाँले भन्नुभयो । सहकारीमार्फत नै दिगो विकास गर्न सकिने भएकाले सहकारीलाई उत्पादनमा केन्द्रित गर्नुको विकल्प नभएको उहाँको भनाई थियो । सचिव मैनालीले स्थानीय तह र प्रदेशले सहकारीलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

 

सहकारीले बिमा कार्यक्रम सञ्चालन गर्न अपरिहार्य भइसकेको उहाँको भनाई थियो । सहकारीलाई बिमा कार्यक्रम सञ्चालन गर्नका लागि नीतिगत प्रक्रिया सुरु गरिसकेको उहाँको भनाई थियो ।

 

सचिव मैनालीले बजेट कार्यान्वयन हुदाँसम्म सहकारी कर सम्बोधन हुने बताउनुभयो । कार्यदलले कर विषयमा छलफल गरिरहेको र बजेट कार्यान्वयनको चरणसम्म पुग्दा ऐन अनुरुप नै सहकारीमा कर लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

राष्ट्रिय सहकारी महासंघका सञ्चालक माधव दुलालले सहकारी पैसा किन्ने र बेच्नेमा मात्र केन्द्रीत हुन नहुने बताउनुभयो । सहकारी विभागले जारी गरेको नमूना ऐनले स्थानीय तहमा अन्यौलता सिर्जना गरेको उहाँको भनाई थियो । सहकारी ऐनसँग बाझिने अरु ऐन खारेज हुनुपर्ने उहाँको भनाई थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का अध्यक्ष डिबी बस्नेतले सहकारी ऐन अनुसारै सहकारीमा कर लाग्ने विश्वास व्यक्त गर्नुभयो । सहकारीले गरिवी न्यूनिकरण, सुशासन, नेतृत्व विकास, महिला सशक्तिकरणलगायतमा विशेष योगदान दिएको भन्दै सरकारले सहकारीलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

 

बचत सहकारीले आफ्ना सदस्यमार्फत ६० प्रतिशत भन्दा बढी कृषिमै लगानी गरेको उहाँले बताउनुभयो । सहकारी आफैले बिमा गर्न पाउनुपर्ने उहाँको भनाई थियो ।

 

कर निर्देशक रमेशराज गौतमले आधाभन्दा बढी सहकारी करको दायरामा आउन नसकेको बताउनुभयो । सबै सहकारी करको दायरामा आउनुपर्ने उहाँको भनाई थियो ।

नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालले सहकारीले सञ्चारलार्इ स्टेक हाेल्डरकाे रुपमा लिन अावश्यक भएकाे बताउनुभयाे । ‘जबसम्म सहकारीले सञ्चारलार्इ स्टेक हाेल्डरकाे रुपमा अात्मसात गर्न सक्दैन तबसम्म सहकारीले प्रगति गर्न सक्दैन ‘ उहाँले भन्नुभयाे ।

 

समाजका अध्यक्ष अर्जुन खतिवडाको अध्यक्षतमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष गोविन्द गिरीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन ऋषिराज ढकालले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको