‘सहकारीको विकासमा सञ्चारको भूमिका महत्वपूर्ण’


नगरकोट, असार २४ । सहकारीको विकासका लागि सञ्चारको भूमिका महत्वपूर्ण हुने नगरकोटमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजना तथा नेपाल सहकारी पत्रकार समाज(सिजेएन)को सञ्चार संयोजनमा ‘सहकारीको विकासमा सञ्चारको भूमिका’ विषयक दुई दिने तालिमका अवसरमा बोल्ने वक्ताहरुले सञ्चारले सहकारीको विकासका लागि महत्वपूर्ण योगदान दिन सक्ने बताए ।

तालिममा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनाली, सहकारी विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मी, केन्द्रीय सहकारी प्रशिक्षण केन्द्रका प्राचार्य भरतप्रसाद आचार्य, नेपाल सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईले प्रशिक्षण दिनुभएको थियो । तालिमको सहजिरकरण समाजका अध्यक्ष खिलानाथ दाहाले गर्नुभएको थियो ।
तालिममा विभिन्न सञ्चार माध्यममा आबद्व २७ जना पत्रकारको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रामकोट साकोसको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
रणनीति योजना तर्जुमा तालिम सम्पन्न
मौद्रिक नीतिको पहिलो समीक्षा प्रतिवेदन सार्वजनिक
सहकारीको नियमन गर्ने अधिकार सरकारको